भिमेश्वर नगरपालिकाले नगरवासीको निशुल्क कोरोना परिक्षण तथा उपचार गराउने र्निणय

दर्पण संवाददाता
चरिकोट, कार्तिक ४

कोरोनाको विरामी दैनिक वढदै गई रहेको वेला दोलखाको भीमेश्वर नगरपालिकाले नगरवासीको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने र्निणय गरेको छ ।

नगर कार्यपालिको आज बसेको ५९ औ कार्यपालिकाको वैठकले कोरोनाको लक्षण देखा परेका आफना नगरवासीहरुको पिसिआर परिक्षण गराउनुका साथै संक्रमण पुष्टी भएमा सम्पुर्ण उपचार खर्च नगरपालिकाले व्यहोरर्ने निर्णय भएको नगरापलिकाका प्रवक्ता हरिवंश चौलागाईले बताउनु भयो । सरकारले आइतबार बाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेसँगै जिल्लाको भीमेश्वर नगरपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्ता चौलागाईले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका नागरिकलाई भीमेश्वर नगरपालिकाको आइसोलेशनमा राखि उपचार गरिने समेत प्रबक्ता चौलागाईले जानकारी दिनुभयो । नगरपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ ।