भिमेश्वर नगरपालिकाद्वारा ९० करोड ७० हजारको वजेट प्रस्तुत

चरीकोट, ः दोलखाको भिमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । भिमेरश्वर नगरपालिकाको आज भएको पहिलो नगर सभामा नगरपालिकाका उपप्रमुख कमला वस्नेतले आगार्मी आर्थीक वर्षका लागि ९० करोड ७० हजारको वजेट सभामा पेश गर्नुभएको हो ।

बजेटमा भिमेश्वर नगरपालिकाले सवैभन्दा वढि सामाजिक विकासको क्षत्रमा र भौतिक पुर्वधारलाई प्राथमिकतामा राखेको छ । सामाजिक विकासको क्षत्रमा कुल बजेटको ३९.०९ प्रतिशत अर्थात ३५ करोड १५ लाख २३ हजार रुपौया विनियोजन गरेको द्ध भने भौतिक पुर्वधारमा ३१ करोड ३१ लाख २३ हजार अर्थात कुल बजेटको ३८.१२ प्रतिशत रकम विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले कृषितर्फ २ करोड ८२ लाख ५० हजार, पशुविकासतर्फ १ करोड ३५ लाख, सिंचाईतर्फ ७० लाख ५० हजार, पर्यटन तर्फ २ करोड ९२ लाख ७७ हजार, शिक्षातर्फ २५ करोड ५१ लाख १४ हजार, स्वास्थ्यतर्फ ५ करोड ७४ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी खानेपानी तथा सरसफाईतर्फ १ करोड ३९ लख ३० हजार, खेलकुदतर्फ ७९ लाख ५ हजार, लैगिक समानता तथा समावेशीकरणतर्फ १ करोड ५६ हजार ९१ हजार, सडक तथा पुलतर्फ ९ करोड ७ लाख ६७ हजार, भवन तथा सहरी विकासतर्फ २१ करोड ९३ लाख ८१ हजार बजेट छुट्याईएको छ ।

नगरपालिकाले तामाकोशी तेस्रो जलविधुत आयोजनाले शयेर खरिद गर्नका लागि समते ५० लाख रकम विनियोजन गरेको छ । नगर प्रमुख कमला वस्नेतले आज सभामा प्रस्तुत गर्नुभएको बजेटहरु अभिकांश पुरानै योजनाहरु सम्पन्न गर्नका लागि रकम विनियोजन गरेको पाइएको छ भने नीति तथा कार्याक्रममा नयाँ योजनाहरु समावेश हुन सकेका छैनन् ।

नागरपालिकाले आन्तरिक स्रोतबाट बजेटको ३ प्रतिशत अर्थत ३ करोड ३ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । नगरपालिकाका लागि संघिय सरकारबाट वितिय माननिकरण अनुदान १ड करोड ७० लाख ससर्त अनुदान ३७ करोड ६४ लाख गरी ५३ करोड ३४ लाख रकम प्राप्त भएको र वागमती प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ८६ लाख ५५ हजार ससर्त तर्फ २ करोड ७६ लाख समपुरक अनुदान २ करोड ९८ लाख गरी ७ करोड ६१ लाख रकम प्राप्त भएको नगरापलिका उपप्रमुख कमला वस्नेतले बताउनुभयो ।