भिमेश्वर नगरपालिकाद्वारा किसानलाइ बाँदर धपाउने यन्त्र वितरण

दर्पण संवाददाता
चरिकोट, असार २२

दोलखाको भिमेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा वाँदरले किसानहरुलाई दुख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रायोग गरिने यन्त्र वितरण गरेको छ ।

नगरपालिकाले नगरपालिका ९ ओटै वडाका किसानहरुलाई वाँदर धपाउने यन्त्र आज वितरण गरेको हो । नगरपालिकाका विभिन्न वडाहरुमा किसानहरुले लगाएको वाले खाएर बाँदरलले दुख दिन थाले पछि बाँदर नियन्त्रणका लागि ३० थान वाँदर धपाउने यन्त्र किसानलाइ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी दिनु भयो । बाँदरले किसानहलाई दुख दिन थाले पछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वजेटमा वाँदर नियन्त्रणका लागि वजेट विनियोजन गरेको थियो । पहिलो चरणमा नगरपालिकाले ३० थान वाँदर भगाउने यन्त्र राष्ट्रिय आबिस्कार केन्द्र बाट खरिद गरि किसानलाई वितरण गरेको र यसको प्रभावकारीताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाका नायब पशु सेवा प्राबिधिक शंकर प्रसाद पाठकले बताउनु भयो।

आर्थिक वर्ष २०७६÷७७ मा वाँदर नियन्त्रणका लागि विनियोजन गरेको १० लाख रकमले नगरपालिकाको विभिन्न वडामा वाँदर हेरालु राखेको र हाल ७५ हजारको यन्त्र खरिद गरि किसानलाई वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्राविधिकहरुले किसानलाई वाँदर नियन्त्रण गर्ने यन्त्र प्रायोग गरी सिकाएर वितरण गरेको हो ।