दर्पण संवाददाता
चरिकोट, असार २९
दोलखाको चरिकोटमा २०७ औ भानु जयन्तीको अवसरमा ‘दोलखा साहित्य यात्रा’ पुस्तक सार्वजनिक गरिएको छ ।
भानु जयन्तीको अवसरमा विष्णुलक्ष्मी साहित्य पुरस्कार समिती संगको सहकार्यमा भिमेश्वर नगरपालिकाले प्रकाशन गरेको पुस्तक दोलखा साहित्य यात्रा आज सार्वजनिक गरेको हो । भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, उप प्रमुख कमला वस्नेतले पुस्तकको विमोचन गर्नु भएको थियो । पुस्तकमा दोलखाका श्रष्ठाहरुको कृती समावेश गरिएको छ ।

पुस्तक सार्वजनिक गर्नु हुँदै मेयर के.सी.ले भीमेश्वर नगरपालिकाले अन्य क्षेत्र जस्तै कला र साहित्यलाई पनि उत्तिकै महत्व दिएको बताउँनु भयो । प्रकाशित पुस्तकले समाज रुपान्तरणका लागि सहयोग पुग्ने बताउँनु हुदै हरेक बर्ष दोलखा साहित्य यात्रा पुस्तकलाई नियमित रुपमा प्रकाशन गर्दै जाने उहाँले बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नगरपालिकाले साहित्य पुस्तक प्रकाशन गरी नेपाली साहित्य विकासमा महत्वपुर्ण सहयोग पुर्याएको बताउँनु भयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर खड्काले दोलखाली साहित्य यात्रा प्रकाशनको सुरुवात भएको र यसले अब निरन्तरता पाउँने बताउनु भयो ।

२१२ पेजको पुस्तकमा कविता २३ वटा, कथा ६ वटा, निबन्ध ६ वटा, गजल ६ वटा, संस्मरण ३ वटा, लघुकथा २ वटा, गित १ वटा, नाटक १ वटा र यात्रा संस्मरण १ वटा गरी ४९ वटा रचना समेटिएको विष्णु लक्ष्मी साहित्य पुरस्कार समितीका संरक्षक तथा पुस्तकका सम्पादक चिरञ्जीवी मास्केले बताउनु भयो । कार्यक्रममा सहभागी श्रष्ठाहरुले कृती वाचत समेत गरेको थिए ।

