दर्पण संवाददाता
चरिकोट २१
दोलखाको भिमेश्वोर नगरपालिकामा भाद्र २७ गते बेलुका सम्म निषेधाज्ञा घोषणा गरेको छ ।
भिमेश्वोर नगरपालिकाको चरिकोट बजारमा कोरोना संक्रमित भेटिए पछि जिल्ला संकट ब्यबस्थापन समितिले निषेधाज्ञा घोषणा गरेको हो । निषेधाज्ञा जारि भए संगै नगरपालिकाले प्रदान गर्ने सबै नियमित सेवा बन्द गरेको छ । कोरोना परिक्षणको क्रममा आज चरिकोटमा ४ जनालाइ कोरोना पोजेटिभ देखिएको थियो । नगरपालिकाको मुख्य बजार चरिकोटमा नै कोरोना देखा परे पछि आज आकस्मिक बैठक बसि आज १२ बजे बाट भिमेश्वोर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । 
कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको र सो अबधीभर नगरपालिका कार्यालय तथा नगरपालिका मातहतका वडा तथा अन्य कार्यालयबाट प्रदान गरिने सेवा बन्द रहने प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले जानकारी दिनु भयो । नगरपालिकामा समेत कोरोना भाइरस को जोखिम बढदै गएको र तेस्को नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको हुदा अनावश्यक काम बाहेक कोहि पनि घर बाहिर न निस्किन भिमेश्वोर नगरपालिकाका प्रमुख भरत केसिले आग्रह गर्नु भयो ।
