भरत कुमार श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला क्वानमुकान कराते डो संघ गठन

दर्पण संवाददाता
चरिकोट, असार २६
भरत कुमार श्रेष्ठको अध्यक्षतामा दोलखा जिल्ला क्वानमुकान कराते डो संघको गठन गरेको छ ।

श्रेष्ठको अध्यक्षतामा आज ७ सदस्यीय जिल्ला संघ गठन भएको श्रेष्ठले बताउनु भयो । कराते डो जिल्ला संघको उपाध्यक्षमा रिता रिमाल, सचिबमा चन्द्र कुमार तामाङ , कोषअध्यक्षमा कमला कार्की , सदस्यहरुमा रबिन पाख्रन , बिकल खड्का, नवराज श्रेष्ठ रहेका छ्न ।
ओझेलमा परेका खेलको प्रबर्द्धन गराइ खेल क्षेत्रको बिकास गराउने उद्देश्यले संघको गठन गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।