दर्पण संवाददाता
नाम्दु, भदौ १
भुकम्पले भत्किएको दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुमा रहेको बैतेश्वर महादेवको मन्दिर पुन निमार्ण सम्पन्न भएको छ ।
भुकम्पले पुर्ण रुपमा क्षती भएको बैतेश्वर महादेबको मन्दिर २०७५ सालबाट प्रदेज निमार्ण सेवा बानेश्वरले काम सुरु गरेको थियो । मन्दिर निर्माणको लागि पालिकाको पहलमा नेपाल सरकार पुरातत्व विभागले १ करोड ५ लाख रकम उपलब्ध गराएको पालिकाका उपाध्यक्ष रविचन्द्र आर्चायले जानकारी दिनुभयो । मन्दिर निमार्ण पश्चात आज मन्दिरमा शुभसाइतको अवसर पारी बैदिक विधिबाट पुजा पाठ गरी मन्दिरमा गजुर राखिएको छ । गजुर पालिका उपाध्यक्ष रविचन्द्र आर्चायले पुजारीलाई हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसका कारण जिल्लामा लकडाउन भैरहेको अबस्थामा आज गजुर राख्ने शुभ साइत भएकाले स्वास्थ्यको उच्च सर्तकतालाई मध्यनजर गर्दै मास्क प्रयोग, सामाजीक दुरी कायम गरी गजुर हस्तान्तरण गरि मन्दिरमा राखिएको छ भने मन्दिर आज बाट पुजा पाठका लागि खुल्ला गरीएको छ ।
मन्दिरमा पुजा पाठ गर्ने नागरीकहरुले स्वास्थ्य सर्तकता अपनाउन अनुरोध पालिकाले गरेको छ । मन्दिरको पुर्ननिमार्ण सम्पन्न भए पनि मन्दिर परिसरमा पोखरी, पार्टी तथा प्रतिक्षालय निमार्णको काम अझै बाँकी रहेकाले बजेटको लागि पुनः पुरातत्व विभागलाई अनुरोध गर्ने पालिकाले जनाएको छ । मन्दिर १६ औं सताब्दीमा एकादेवल नामबाट पूजा आजा गर्न सुरु गरिएको बैतेश्वर महादेव स्थानमा बिसं १७७४ ताका झिङ्गटीको छाना हाली प्यागोडा शैलीमा मन्दिर बनाइएको छ । मन्दिर भएको आसपासको जमीन र जङ्गल बिसं १९११ मा जङ्ग बहादुर राणाले मन्दिरको गुठी बनाइ गुठियारलाई दैनिक पूजा गर्न सनक पत्र प्रदान गरेको पाइन्छ । सो मन्दिर बिसं १९९० को महाभूकम्पबाट ध्वस्त भएपछि जुद्ध शमशेर राणाले केही सिपाही पठाएर पूननिर्माण गरेको ९७ बर्षिय पुजारी पहलमान सन्यासीको भनाइ छ । मन्दिरको अगाडि भागबाट निस्केका चार शिवधाराबाट बैती बेँसीको हिउँद, वर्षा भरि सिंचाइ सुबिधा हुने भएकोले कृषक र भक्तजनलाई मन्दिर वरदान सिद्ध भएको छ ।