प्रभु जिरेल
चरिकोट, असोज २२
दोलखाको वैत्येश्वर गाउँपालिकामा गाउँपालिकाको केन्द्र राख्नका लागि जनताहरुले निशुल्क दान गरेको जग्गा गाउँपालिकाका जनप्रतिनिधीहरुले आफन्तको नाममा पास गरेको पाइएको छ ।
पालिकाको केन्द्र राख्नका लागि वैत्येश्वर गाउँपालिका वडा नम्वर ६ नाम्दुको पाँडुडाँडामा जनताहरुले निशुल्क रुपमा पालिकालाई दान गरेको जग्गा जग्गा व्यस्थापन समितीको केहि व्यक्तिहरुको मिलेमहत्वमा पालिका अध्यक्ष उपाध्यक्ष तथा वडा अध्यक्षहरुको श्रीमती तथा आफन्तहरुको नामममा पास गरेको पाइएको छ । पालिकालाई दान गरेको दातालाई सोधभर्ना गर्नका लागि दातालेनिशुल्क प्रदान गरेको जग्गा १ हजार ९ वर्ग मिटर जनप्रतिनिधीको आफन्तलाई नै वेचेको पाईको छ । २८ जना दाताले सोधभर्नाका लागि १३ हजार २ सय ५१ वर्गमिटर जग्गा निशुल्क दान गरेको हो ।
वैत्तेश्वर गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष सम्शेर घिसिङको संयोजकत्वमा गठन गरेको छानविन समितीले पालिकालाई प्राप्त भएको जग्गा मध्ये केहि जग्गा १ हजार ९ वर्ग मिटर वेचविखान गरि विभिन्न व्यक्तिहरुको नाममा राखेको पाइएको छानविन समितीले निशकर्ष निकालेको छ । उक्त जग्गा गाउँपालिका प्रमुख छवि लामाको श्रीमती आइती तामाङको नाममा २५५ वर्ग मिटर २०७५ असोज २५ गतेपास गरेको पाइएको छ । त्यसै गरी उपाध्यक्ष रविचन्द्र आचार्यको श्रीमती सिता आचार्य वडा नम्वर ६ का वडा अध्यक्ष सम्शेर घिसिङको श्रीमती निर्मला घिसिङको नाममा संयुक्त ६०० वर्ग मिटर, वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण दहालको श्रीमती मनमाया दहाल वडा नम्वर २ का वडा अध्यक्ष श्याम कुमार तामाङको आमा लालक्ुमारी तामाङ वडा नम्वर १ का वडा अध्यक्ष वृष बहादुर तामाङको श्रीमती कमला तामाङको नाममा ४०९ वर्ग मिटर जग्गा रहेको पाइएको छ ।
वैत्येश्वर गाउँपालिकाको जग्गाको विषयमा विवाद भए पछि छानविन गर्नका लागि गाउँपालिकाले विवादित व्यक्ति वडा नम्वर ६ का वडा अध्यक्ष सम्सेर घिसिङको संयोजकत्वमा समिती गठन गरेको थियो । जग्गाको विषयमा छानविन गरी भाद्र २१ गतेको कार्यपालिको वैठकले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी घिसिङको संयोजकत्वमा ५ सदस्यीय छानविन समिती गठन गरेको थियो । छानविन समितीमा असहमती रहेको भन्दै वडा नम्वर ८ का वडा अध्यक्ष रमेश कुमार अधिकारीले समितीमा नवस्ने घोषण गर्नु भएको थियो ।
पालिकालको लागि आवश्यक जग्गा व्यवस्थापन तथा सधभर्ना गर्नका लागि सम्सेर घिसिङकै संयोजकत्वमा समिती गठन भएको र उनिहरुले आफनो नाममा जग्गा ल्याएर पालिकालाई निश्चित जग्गा मात्र उपलब्ध गराएर वाँकी जाग्गा हरु जनप्रतिनीको आफन्तको नाममा तथा जग्गा व्यवस्थापन समितीको सदस्यहरुको नाममा राखेको पाइएको हो । जनप्रतिनीधिको आफन्तको नाममा पास गरेर वाँकी रहेको जग्गा ८४९ वर्ग मिटर मध्ये २२५ र ३८९ वर्ग मिटर गरी ६१४ वर्ग मिटर जग्गा जग्गा व्यवस्थापन समितीका सदस्य वालकुमार दहालको नाममा पास गरेको छानविन समितीले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । निशुल्क दान गरेको जग्गा मनलागी तरिकाले छानविन समिती र केही जनप्रतिनीधीहरुले आफन्तको नाममा पास गराउन दुखद रहेको भन्दै जग्गा दाताहरुले समेत गुनासो गरेका छन् । 