बैतेश्वोर गाउँपालिका वडा नं ५ को नवनिर्मित भवनको उद्घाटन

दर्पन संबाददाता
जेठ १७, मैनापोखरी

बैतेश्वोर गाउँपालिका वडा नम्बर ५ को नब निर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ ।
भवनको अभावको कारण भाडामा बस्दै आएको वडा कार्यालय आफ्नै भवन निर्माण सम्पन्न गरि आज कार्यालय उद्घाटन गरेको छ ।भवनको गाउँपालिका प्रमुख छवि लामाले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । बैतेश्वोर गाउपालिकाको ८२ लाखको लागतमा भवन निर्माण गरेको हो ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ५ को भवन निर्माण को लागि केदार दहाल, जगत बहादुर दहाल ,मान बहादुर दहाल, भिम बहादुर दहाल तथा पबि सर्किनी सहित ५ जनाले जग्गा दान गरेका थिए ।

भवन उद्घाटन कार्यक्रम को अबसरमा गाउँ पालिका भित्रका ८५ बर्ष कटेको २६३ जना बृद्धहरुलाई ब्यालेङ्ग्केट बितरण कार्यक्रम समेत सुरुवात गर्नु का साथै निशुल्क स्वास्थ परिक्षण समेत गरिएको छ ।

कार्यक्रममा नेकपा नेता ऋषिकेश उप्रेती नेकाका राजु उप्रेती, गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्य प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्का लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।