बैतेश्वर गाँउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतेश्वर गाँउपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

बैतेश्वर गाउँपालिकाको आयोजना, नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहजिकरणमा दोलखा बैतेश्वर गाउापालिका वडा नम्वर ३ मिर्गेमा सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरिएको हो । पालिकाले चालु वर्षको हाल सम्म चालु बजेटको ६५.४७ प्रतिशत खर्च गरेको छ । पुजीगत तर्फ ५८.७३ प्रतिशत खर्च गरेको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पालिकामा आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ८२ लाख ६० हजार ८८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु वर्ष आर्थिक विकास तर्फ ३०, पुर्वधार विकास योजना २१२ र सामाजिक विकास योजना २० गरि कुल योजना २ सय ६२ मध्ये हाल सम्म २०२ वटा योजनाको काम सम्पन्न गरि रकम भुक्तानी दिइसकिएको पालिकाले जनाएको छ ।

पालिका प्रमुख प्रशासकिय अधिकृत महेश पौडेलले पालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं पालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । कार्यक्रममा स्थानीय नागरीक, शिक्षक, विद्यार्थी, समाजसेवि, राजनितिक दलका प्रतिनिधि लगाएतले बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । उक्त जिज्ञासाको सम्बोधन पालिका प्रमुख छवि लामा, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख लगाएतले गर्नु भएको थियो । कार्यक्रममा पालिका प्रमुख छवि लामा, पालिकाका वडाअध्यक्षहरु वडा नम्बर २ का वडा अध्यक्ष श्याम तामाङ, ३ कमल अधिकारी, वडा नम्वर ४ का अध्यक्ष कुमार चौलागाई, ६ का अध्यक्ष असोक तामाङ, ८ का अध्यक्ष शान्त बहादुर जिरेल, पत्रकार महाँसघ दोलखाका अध्यक्ष प्रभु जिरेल, सचिब सुजन काफ्ले, पालिकाका बरिष्ठ शाखा अधिकृत रविन्द्र चौलागाई लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।