बैतेश्वरका सबै वडामा बाल अक्षयकोष स्थापना

नवीनकुमार खतिवडा

चैत्र १५, मैनापोखरी, दोलखाको बैतेश्वर गाउँपालिकाले आफ्नो ८ वटै वडामा बाल अक्षयकोष को स्थापना गरेको छ । अनाथ तथा संरक्षण बिहिन बालबालिका हरुलाई उनिहरुको शिक्षा, स्वास्थ्य र पोषण मा सहयोग पुगोस भन्ने उदेश्य का साथ स्थापना गरिएको यस अक्षयकोष मा प्रत्येक वडामा रु तीन लाख तीस हजारका दरले रकम राखिएको छ । बैतेश्वर गाउँपालिका र शेभ द चिल्ड्रेन पहुँच परियोजना को सयुक्त साझेदारीमा यो कोष खडा गरिएको बैतेश्वर गाउँपालिका ले जनाएको छ ।

बाल संरक्षण कोष सन्चालन निर्देशिका २०७४ निर्माण गरि सोही अनुसार यस कोषको सन्चालन हुने छ।जसअनुसार यस कोषबाट सामाजिक सुरक्षा भत्ता बितरण प्रणाली अनुसार चौमासिक रुपमा छनौट मा परेका बालबालिका हरुलाई १८ बर्ष उमेर सम्म मासिक ४०० को दरले रकम बितरण गरिने छ । स्थापना गरिएको अक्षय कोषको प्राप्त ब्याजबाट बालबालिका हरुलाई यस्तो सहयोग गरिने कार्यबिधिमा उल्लेख छ। यसैबिच अक्षयकोष बाट बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी बाट छनौट मा परेका ५ जना बालबालिकाहरु लाई मासिक भत्ता बितरण सुरु गरिएको छ । गाउँ पालिका का अध्यक्ष छवि लामाले एक कार्यक्रम का बिच बितरण गर्नु भएको छ।कार्यक्रम मा गाउँ पालिका का अध्यक्ष छवि लामाले बालबालिका को संरक्षण र बिकाश को लागि स्थापना गरिएको यस अक्षय कोष लाई अझ ठूलो बनाउने लक्ष्य रहेको पनि बताउनु भएको छ ।

कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले यश अक्षयकोष स्थापना मा सहयोग गर्ने सेभ द चिल्ड्रेन पहुच परियोजना लाई धन्यवाद दिदै आगामी दिनमा यस कोषको प्रभाबकारीताको आधारमा गाउँ पालिकाले यसलाई मजबुत तथा ब्यबस्थित बनाउने योजना रहेको पनि बताउनु भयो। छनौट मा परेका बालबालिका हरुले १८ बर्ष सम्म नियमित मासिक भत्ता पाउने छन। अब यस अक्षयकोष बाट बैतेश्वर गाउँ पालिका का ८ वटै वडा का ५ जनाको दरले ४० जना बालबालिकाले नियमित मासिक भत्ता पाउने छन ।