चरिकोट । नेपाली काँग्रेस झुलेका पार्टि सभापति प्रकाश पाख्रिनले निर्वाचनमा बुथ कब्जा गर्न भन्दै गुण्डा भित्र्याएका छन् । निर्वाचनमा आफु हार्ने निश्चीत भएपछि बुथ कब्जा गर्ने दाउँमा पार्टि सभापति पाख्रिनले आइतबार गुण्डाहरु भित्र्याएको सूचना पाएपछि स्थानीयहरुले प्रहरीको सहयोगमा उनको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा १२ जना अपरिचीत युवाहरु भेटेपछि स्थानीयहरुले नियन्त्रणमा लिएर १० जना लाई प्रहरीको जिम्मा लगाएका छन् । २ जना भने मोटर साइकल लिएर फरार भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । पाख्रिनको घरबाट ती गुण्डाहरुले प्रयोग गर्ने दुई वटा मोटरसाइकल र २ वटा स्कुटर समेत नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झुलेमा अराजक गतिविधि बढ्न थालेको हो । यस अघिका निर्वाचनहरुमा शान्तीपूर्ण हुँदै आएको त्यहाँको निर्वाचन यो पटक भने सुरक्षाको हिसावले संवेदशिल हुने निश्चित भएको छ ।
गाउँमा पार्टि भित्रै अल्पमतमा परेका पाख्रिनकै विपक्षमा नेपाली काँग्रेसबाटै बिद्रोह गरेर स्वतन्त्र उम्मेद्धवारी दिएको छ । अहिले स्वतन्त्र उम्मेद्धवारको पक्षमा माहोल राम्रो भएकै कारण आत्तिएर पार्टि सभापतिले गुण्डा भित्र्याएको स्थानीयहरुको भनाई छ । अहिले झुलेमा नेपाली काँग्रेस,नेकपा एमाले र स्वतन्त्र गरि त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ । नेपाली काङ्ग्रेसले गाउँमा बाहिर बाट भाडाका गुन्डाहरु भित्राए पनि गाउका नागरिक हरु त्रासित बनेका छ्न । नागरिक हरुले स्वतन्त्र मतदान गर्दा गठबन्धन अल्पमतमा पर्ने भए पछि बुथ कब्जा गरि जित्ने दाउले गुन्डाहरु भित्राएका हुन ।