दर्पण संवाददाता
चरिकोट, ५ असोज
दोलखाको एक सहकारीले जेष्ठ नागरिकलाई जीवनवृत्ति स्वरुप मासिक भत्ता दिन सुरु गरेको छ ।
दोलखाको वैत्येश्वर गाँउपालिका वडा नं. ५ मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. ले ७५ वर्ष माथिका बृद्ध शयेर सदस्यहरुलाई मासिक ५ सयका दरले भत्ता दिन सुरु गरेको संस्थाका अध्यक्ष सिताराम दहालले बताउनु भयो । संस्थाले हाल ७५ वर्ष माथिका १९ जना जेष्ठ शेयर सदस्यहरुलाई ५ सयका दरले भत्ता उपलब्ध गराउदै आएको छ । भत्ता पाउनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । बृद्ध शयेर सदस्यहरुलाई सम्मान स्वरुप थोरै भएपनि भत्ता दिन लागिएको र उनिहरुको सामान्य खर्च व्यवस्थापनका लागि भत्ता रकमले सहयोग पुग्ने सचिव राजन दहालले बताउनु भयो ।
सरकारले ल्याएको तीन खम्वे नीति अनुसार सहकारी पनि विकासको एक महत्वपुर्ण क्षेत्र भएको हुँदा सहकरीले व्यवसायीक र उत्पादन मुलक क्षेत्रमा लगानी गर्न नेकपाका केन्द्रिय सदस्य तथा दोलखा प्रदेश सभा २ का माननिय सांसद पशुपती चौलागाइले आग्रह गर्नु भयो । समाजमा सहकारीले कसैलाई पनि विभेद नगरेको र समाजमा जात, धर्म, भाषा, संस्कृती भन्दा सहकारी माथी रहेको चौलागाईले बताउनु भयो ।
दोलखाको वैत्येश्वर गाँउपालिका, साविक जुगु गाविस, भीमेश्वर नगरपालिका र साविक ठ्लोपातल गाविस मुख्य कार्यक्षेत्र रहेको सहकारीमा हाल १५ हजार ७ सय ३० जना शेयर सदस्य रहेको छ भने ६५ करोड ३८ लाख ४१ हजार कुल पुँजी रहेको छ । “वनौँ जनमुखीमा सदस्य, बनाऔँ समुन्नत भविष्य” भन्ने मुल नाराका साथ सहकारीले त्रिवर्षिय रणनीतिक १७ ओटा उदेश्यहरु अगाडी बढाएको छ । संस्थाले माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा श्येर खरिद गनएको लागि सहुलियत व्याजदरमा ३ हजार २ सय ३४ जना श्येर सदस्यको लागि ४ करोड ५२ लाख ३० हजार रुपौया लगानी गरेको छ । २०५४ सालमा ३६ जना सम्मीलित भई ३६ सय बाट सुरु गरेको सहकारीले हाल मैनापोखरी बजारमा आफ्नौ भवनबाट सेवा दिदै आएको सूचना सन्चार तथा प्रकाशन उपसमिति को सम्योजक नविन खतिवडाले बताउनु भयो ।
सहकारीले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा गौरिशंकर वालगृहमा रहेका अनाथ बालबालिकाहरुका लागि आज १० हजार सहयोग गर्नुका साथै अस्पतालमा रहेका विरामी हरुका लागि फलफुत तथा जुस वितरण गरेको गरेको छ ।