बुना घिमिरे
दोलखा, २७ साउन, दोलखालाई समृद्ध बनाउन पत्रकारहरुको ठुलो भुमिका रहने सांसद पार्वत गुरुङ्गले बताउनु भएको छ ।
समावेशी लोकतन्त्रको आधार, पुर्ण समावेशी संञ्चार भन्ने नाराका साथ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ आँै स्थापना दिवसको अवसरमा सदरमुकाम चरीकोटमा आयोजीत अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै सांसद गुरुङले समृद्ध दोलखा निमार्णका लागि पत्रकारहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भएको हो । दोलखाली जनताको विश्वासले आफुले मत जितेको स्मरण गराउँनुहुँदै कुनै पनि जात बर्ग भाषा भाषीको आधारमा विभेद नगरी दोलखाको हितको लागि काम गर्ने गरुङले प्रतिबद्धता जनाउनुभयो । सांसद गुरुङले दोलखाको विकासका लागि स्थानीय सरकार सँग सहकार्य गर्दै कलम चलाउन संञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य एवं संसदीय सुनवाई विशेष समिति सदस्य गुरुङले प्रधान न्यायधिशको सुनवाई सम्बन्धि घट्ना मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्देश भएको र अब जुनसुकै क्षेत्रमा पनि विगतमा जस्तो मनलागि निर्णयहरु नहुने जिकिर गर्नुभयो। जनजातिलाई कसैले दया गर्नु आवश्यक छैन, क्षमताकै आधारमा अवसर पाउनु पर्छ सांसद गुरुङले भने – तर जनजाति भएकै आधारमा अवसर नदिने परिपाटीको अन्त्य हुनुपर्छ । सांसद गुरुङले जनजातिहरु पनि प्रतिस्प्रर्धामा कोहि भन्दा कम नरहेको बताउनुभयो । आफु सबैको मतबाट विजयी भएकोले सबैलाई समान व्यवहार गर्ने सांसद गुरुङको भनाई थियो ।
कार्यक्रममा फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलले दोलखा जिल्लामा जिरेल, सुरेल, तमाङ लगाएत १२ जातजातिका मानिसको बसोबास रहेको जानकारी दिनुभयो । उहाँले कुनै पनि संञ्चार माध्यममा आदीबासी जनजाति भएकै कारण विभिन्न अवसरबाट बन्चित गराईने जस्ता कार्य भएको हुँदा त्यस्ता कार्य नर्गनका लागि समेत मिडिया कर्मी हरुलाई आग्रह गर्नु भयो । सम्बृद्ध दोलखा निर्माणको लागि संस्कृती र परम्परा पनि महत्वपुर्ण सम्पती भएको हुँदा त्यसको संरक्षणमा सवै जुट्नु पर्ने उहाँले बताउनु भयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनीज दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सांसद पार्वत गुरुङ्ग, नेपाल आदीबासी जनजाति पत्रकार महाँसघ फोनीजका केन्द्रिय सदस्य उषा तामाङ्ग, नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष जिवन लामा, फोनीज दोलखाका सचिव धनराज तामाङ, फोनिजका उपाध्यक्ष र्सिजना गोले लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।