दर्पण संवाददाता
जेठ १८, चरिकोट
सामुदायीक वन उपभोक्ता महासंघ नेपालको २५ औ स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
दिवसको अवसरमा सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखा ले वृक्षारोपण गरेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित तिलिञ्चो रानी सामुदायीक वनमा ४ सय बिरुवा रोपिएको हो । इपिलिपिल, गुँरास, तेजपात, कल्कीफुल लगाएतका बिरुवा रोपिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उपभोक्ताको बलियो संगठन महासंघले रजत जयन्तीको अवसरमा शुभकामना दिनुहुँदै धेरै उपभोक्ताको नेतृत्व विकास गरेको बताउनुभयो ।

त्यसैगरी भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले उपभोक्ताले नाङ्गा डाँडाको संरक्षण गरि हराभर बनाएको बताउनुभयो । सामुदायीक वनको संरक्षण मात्र नभई आर्थिक उपार्जन गर्न वन पैदावर उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । त्यसका लागी स्थानीय तहले समन्वय गर्ने बताउनुभयो ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, डिभिजन दोलखाका निमीत्त प्रमुख चन्द्र बहादुर थापा, भीनपा २ का वडा अध्यक्ष विराजमान श्रेष्ठ, महासंघका उपाध्यक्ष ज्ञानेन्द्र प्रधान लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवस तथा रजत जयन्तीको अवसरमा देशैभरिका महासंघले शनिबार साँझ दिपावली गरेका थिए । हाल नेपालमा २२ हजार २ स ६७ वटा साुमदायीक वन उपभोक्ता समुह र २९ लाख ७ हजार ८ सय घरधुरी सामुदायीक वन उपभोक्ता महासंघ सँग आवद्ध रहेको छ । २०५२ सालमा स्थापना भएको महासंघले क्षमता, नेतृत्व विकास, सामुदायीक वन मार्फत आर्थिक उपार्जनका काम, जलवायु परिवर्तन, प्राकृतिक विपद न्युनिकरण लगाएतका काम सम्पादन गर्दै आएको छ ।
