प्रकाश वस्नेत/चरिकोट
तामाङ पत्रकार संघ दोलखा जिल्ला कार्यसमितिले आज नयाँ नेतृत्व चयन गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको भेलाले फुर्वा तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रेम तामाङ, सचिव अनिता लामा, कोषाध्यक्ष अजय तामाङ तथा सदस्यहरुमा प्रदिप तामाङ, प्रजय तमाङ,सबिता तामाङ, बुद्धिविर तमाङ र रस्मिता तामाङ चयन भएका छन । कार्यक्रमको उदघाटन मेलुङ्ग गाउँपालिकाका अध्यक्ष हिरा थोकर र भिमेश्वर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नविन लामा लगाएतले संयुक्त रुपमा टुंना र डम्फु बजाएर गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष हिरा कुमार थोकरले आदिबासी जनजातिको पहिचान लाई जोगाउन आफु सधै लागिपर्ने बताउनुभयको छ । आदिबासी जनजाति भित्र रहेका तामाङ,थामि जस्ता समुदायलाई अझै अगाडि बढाउदै लैजान र पत्रकारीतामा सबैको रुचिलाई आगाडि बढाउनको लागि सधै लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन तामाङ,नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जिवन लामा, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफले लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयको थियो ।
