फुट वा पूर्नगठन हैन, नयाँ निर्माण

चिरञ्जीवि मास्के

तत्कालिन एमाले र एकिकृत माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेर सदस्यता नविकरण, जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशन समेत हुन नपाउदै पुनः फुटको चर्चा सुरु हुनु दुःखद विषय हो । कम्युनिष्ट पार्टीले नेतृत्व गरेको झण्डै दुई तिहाईको सरकारले राष्ट्रियता, जनजीविका र सामाजिक एवं सांस्कृतिक सुद्धिकरणको लागि प्रारम्भीक योजना सहितको एक्सन सुरु गर्र्नै लाग्दा भएको फुटको चर्चा र प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको प्रशंगले अनेकौ आशंका उब्जाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहालले केही समय अघि निर्वाचन आयोगमा दर्ता भएको एमाले पार्टीलाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको एमाले पुर्नगठन अभियानको रुपमा ब्याख्या गरिदिए पछि फुटको चर्चाले लय समातेको छ । अध्यक्ष दहालको यो आरोपले विगत केही समय देखि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने सुगा रटाई गरिरहेको समूहलाई बल पु¥याउने काम भएको छ ।

पछिल्लो चर्चामा दुई वटा प्रशंगको जवाफ भने कसैले पनि स्पष्ट रुपमा दिन सकेको देखिदैन । पहिलो, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजिनामा किन र केका लागि ? दोस्रो, एमाले पूर्नगठनको आधार र सम्भावना के र कसरी ?

पहिलो प्रशंगमा,

नेकपा भित्रको एउटा समूहले अहिले जे तर्क र आधारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजिनामा मागिरहेको छ त्यसको कुनै तुक र तथ्य देखिदैन । पार्टीको सन्र्दभमा कुरा गर्नुपर्दा केपी शर्मा ओली तिनै नेता हुन जसले नेकपा एमालेलाई मुलुकको पहिलो पार्टी मात्र बनाएनन् कम्युनिष्ट एकताको मियो बनाए । र तत्कालिन एकिकृत माओवादीलाई मिलाएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाउन महत्वपूर्ण भूमिका खेले ।

अनि सरकारको सन्र्दभमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र एउटा त्यस्ता प्रधानमन्त्री हुन जसले आफ्नो मिचिएको भूमि फिर्ता गर्न शक्तिशालि हेपाहा छिमेकी भारतलाई चुनौती दिदै आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा जारी गरे । यो अभियानमा नेकपाका सबै नेता तथा कार्यकर्ताको साथ छ र प्रमुख विपक्ष नेपाली कांग्रेस लगायत सबै दलहरुको समेत साथ र सर्मथन छ । तर यो दुश्साहसको नेतृत्व गर्ने आँट केपी शर्मा ओलीले गरेको कुरामा कसैको विमति रहनु पर्ने आवश्यकता हुन्छ भन्ने लाग्दैन । हैन भने केपी शर्मा ओली भन्दा अघि पनि मुलुकमा धेरै प्रधानमन्त्री भए, उनीहरु सबैलाई आफ्नो भूमि मिचिएको बारेमा जानकारी पनि थियो तर उनीहरुले त्यसबारे बोल्ने आँट नै गर्न सकेनन् ।

चिनसंगको पारवहन सन्धिको कुरा, भारत र चिनसंग रेलमार्ग जोड्ने कुरा, नेपालको झण्डा सहितको पानीजहाज कुदाउने कुरा, सडक विस्तार, जलविद्युतको विस्तार आदी केपी शर्मा ओली नेतृत्वले गरेका कामको विवरण हुन् । भारतले नाकाबन्दि गर्दा प्रतिवाद गर्ने तथा कोरोना संक्रमणको यो विषम परिस्थितिमा अविचलित ढङ्गले राष्ट्रियता, विकास र सम्बृद्धिको स्पष्ट खाका सहित अगाडि बढेको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको राजिनामा माग्नु पर्ने कारण उल्लेखित कामहरु नै हुन् त ? कि अघिल्ला प्रधानमन्त्रीहरुले जस्तै परम्परागत कामको निरन्तरतामै आफ्नो अवधि व्यथित गर्नु पर्ने पो थियो की ! होला काम गर्ने क्रममा केहि कम्जोरी भए हुन् । यो भनेको भैसी किन्दा जुम्रा सित्तै आएजस्तै हो । कम्जोरीलाई सुधारको लागि सुझाब दिने पो हो त । आफुले भन्दा राम्रो काम ग¥यो भनेर गलहत्याउने प्रयास गर्नु पार्टी, देश र स्वयम आफैलाई नोक्सानी हुने काम गर्नु मात्र हो ।

दोस्रो प्रशंग,

नेकपाको बैठक चल्दै गरेको अवस्थामा नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता भएको र त्यो केपी शर्मा ओलीकै पहलमा भएकोले नेकपा विभाजनको संभावना रहेको पुष्पकमल दहालको विश्लेषण छ । यो विश्लेषण सत्यमा आधारीत छ भन्ने कुनै आधारनै भेटिदैन । त्यसमा पनि पछिल्ला दिनहरुमा नेकपा अध्यक्ष पुष्पकमल दहालको गतिविधिनै आधारहिन बन्दै गएका छन् । कैले माधव ठिक ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनै पर्छ भन्ने, कैले हैन हाम्रो सहकार्य त ओलीसंगै हुनुपर्छ पार्टीको अर्ली महाधिवेशन ठिक छ भन्ने अनि फेरि ओलीले दुबै नभए पनि दुई मध्य एक पद त छोड्नै पर्छ भन्ने । यो कस्तो दैध चरित्र हो ? उहाँको कुन दिनको बोलिलाई आधार मान्ने ? कुन चाहि बोलि ठिक भनेर कुन आधारमा भन्ने ?

तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी मिलेर नेकपा बनेपछि धेरै कुरामा परिर्वतन भै सकेको छ । परिस्थिति फेरिएका छन्, परिवेश फेरिएका छन्, पहलकदमी फेरिएका छन् । यस्तो अवस्थामा कुनै नेताले एमाले पूर्नगठन गर्छु या एकिकृत माओवादी पूर्नगठन गर्छु भन्ने कल्पना गर्छन भने त्यो दिवास्वप्न मात्र हुने छ । अहिलेको समिकरणमा केपी ओली, जर्नादन शर्मा, लेखराज भट्टहरु एकातिर देखिन्छ । पुष्पकमल दहाल, माधवकुमार नेपाल, झलनाथ खनालहरु अर्को तिर देखिन्छ । बामदेव गौतम, रामबहादुर थापा, योगेश भट्टराईहरु मध्यमार्गी बनेका छन् । अब यस्तो अवस्थामा पार्टी बिभाजन भएर एमाले पूर्नगठन या एकिकृत माओवादी पूर्नगठन कसरी हुनसक्छ ? के माधव नेपाल, झलनाथ खनालहरुलाई एकिकृत माओवादी स्वीकार्य होला ? या जर्नादन शर्मा, लेखराज भट्टहरुलाई एमाले स्वीकार्य होला ? यस्तो उडन्ते कुराले पार्टी एकता कार्यान्वयनमा भने पक्कै अवरोध गर्ने छ र अविश्वासको खाडल झन झन भयावह बन्दै जाने छ ।

पार्टी एकताले मुर्तरुप लिएर सदस्य नविकरण तथा सबै कमिटीहरु पूर्नगठन गरी अर्ली या नियमीत प्रकृयामै महाधिवेशन सम्पन्न नभएसम्म दुई पाईलटले उडाएको नेकपा नामको जहाजलाई भड्खालोमा हाल्ने गरी एउटा पाईलट हटाउने कुरा सर्वथा अस्वीकार्यमात्र हैन नाजायज र स्वार्थ प्रेरीत देखिन्छ । अनि पाँच बर्षको लागि जनता र संसदीय दलबाट निर्वाचित प्रधानमन्त्रीलाई दुईबर्षमै राजिनामा गर्न दवाव दिने कुरा विगतमा जस्तै अस्थिर सरकार निर्माण गरी राष्ट्रको ढुकुटी सखाप गर्दै सुरा, सुन्दरी काण्डलाई पुनरावृत्ति गर्ने अभिलाषाले ओतप्रोत प्रस्ताव भन्दा पृथक मान्नै सकिदैन ।

कम्युनिष्ट कार्यकर्ताको अपेक्षा भनेको पुराना पार्टीहरुको पूर्नगठन वा कोहि चोईटने र कोहि संस्थापक बन्ने भन्ने हैन, एकिकरण अभियानमा छुटेका अन्य कम्युनिष्ट पार्टीहरुलाई समेत एकतावद्ध गरेर फुर्काविहिन नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्ने हो । त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी अध्यक्ष फेर्ने, प्रधानमन्त्री फेर्ने जस्ता वेतुकका वाणी बर्षाउने हैन फुर्काविहिन नेकपा निर्माणको लागि सबै कम्युनिष्ट नेता कार्यकर्ताहरलाई आव्हान गर्ने हो ।

अन्तमा,
दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि जनताको बहुदलिय जनवाद र माओवादको विषयमा समेत विर्मश भै रहेका छन् । कम्युनिष्ट सिद्धान्तको पृष्ठभूमि माक्र्सवादबाट तयार भएको हो । माक्र्सवादलाई विचारमात्र हैन विज्ञान पनि हो भनेर व्याख्या गरिएको छ । विज्ञान परिर्वतनसिल हुन्छ भन्ने कुरा तथ्यपरक छदैछ । स्वर्गिय जननेता मदन भण्डारीले अघि सार्नु भएको जनताको बहुदलिय जनवाद पनि माक्र्सवादको पृष्ठभूमिमा विज्ञानको सत्यलाई आत्मसाथ गरेर प्रतिवादन भएको सिद्धान्त हो । त्यसैले जनताको बहुदलिय जनवादमा फुलिस्टप र कमा पनि परिर्वतन हुदैन भनेर कसैले भनेका छैनन् । तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी बीच भएको एकता पनि माक्र्सवादको विज्ञान नीति अन्र्तगत नै भएको हो ।

तर अहिलेसम्मको सत्य के पनि हो भने नेपालमा कम्युनिष्ट पार्टीलाई संसदीय राजनीतिमा सबैभन्दा ठुलो र शक्तिशालि पार्टी बनाउने, पहिलो कम्युनिष्ट सरकार बनाउने, दुई शक्तिशालि कम्युनिष्ट पार्टीलाई एकिकरण गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाउने आधार सिद्धान्त भनेको जनताको बहुदलिय जनवाद नै हो । त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको अहिलेको सङ्कट समाधान गर्दै पार्टी एकतालाई अक्षुण राख्ने र आम कम्युनिष्ट कार्यकर्ताहरुको भावना तथा चाहना अनुसार फुर्काविहिन नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्ने अवधिसम्मको लागि जनताको बहुदलिय जनवादको पृष्ठभूमिमा माक्सवाद, लेनिनवाद र माओवादको आर्दश अनुरुप पद, प्रतिष्ठा र इगोको छलकपट तथा छिना झम्टी छोडेर एकतावद्ध भएर अगाडि बढ्नुनै श्रेयकर हुनेछ । अन्यथा विभाजनको विष्मयकारी हुण्डरीले कसलाई स्थापित गर्छ र कसलाई विस्थापित गर्छ, को को संस्थापक हुन्छन् र को को चोईटिएर जानुपर्ने बनाई दिन्छ थाहा हुदैन । समय बलवान छ, गौरीशङ्करलाई साक्षि राखेर निर्धारण भएको यो समयले अहिले कम्युनिष्ट सरकारलाई अवसर दिएको छ, यसको उपयोग गर्दै सरकारले जनप्रिय काम गर्ने र सरकारलाई सफल बनाउन सबैले बलियो साथ दिनुको विकल्प छैन ।