दर्पण संवाददाता
चरिकोट, १२ भाद्र
घटनाको अनुसन्धानको विषयमा वुझन पिडित सहित जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका भिमेश्वर नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरिवंश चौलागाईले आफुलाई डिएसीले हातपात गर्नुका साथै दुव्र्यवहार गरेको बताएका छन् ।
दोलखाको चरिकोट चरिध्याङ मा मृत अवस्थामा भेटिएका दोलखा जिलुका पवन वस्नेतको घटनाको विषयमा बुझन पुगेका वडा अध्यक्ष चौलागाइले घटनाको अनुसन्धानको बारेमा वुझन खोज्दा आफुमाथी अपशब्द बोल्दै प्रहरी प्रमुखले दुव्र्यवहार गरेको बताएका छन् । वडा अध्यक्ष हरिवंश चौलागाईले आज एक विज्ञप्ती जारी गर्दै मृतकका वुवा सहित अनुसन्धानको विषयमा वुझन खोज्दा प्रहरी कार्यालयमानै आफुमाथि प्रहरीले दुव्यवहार गरेको र घटनालाई प्रभावित पार्न खोजेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भिमेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष चौलागाईले प्रहरीले कानुननै हातमा लिएर जनप्रतिनिधीलाई नै हातपात गर्नु गम्भीर घटना भएको भन्दै छानविनको लागि माग गर्नु भएको छ ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ४ निवासी पवन बस्नेतको साउन ३२ गतेका दिन चरिकोटको चरिघयाङमा संकास्पद अवस्थामा मृत फेला परेका थिए । उक्त घटना घटेको यतिका दिन भई सक्दा समेत प्रहरीले गम्भिरता पुर्वक अनुसन्धान नगरेको र दोषिको पहिचान नगरी मुद्धा ढिला सुस्ती गर्न खोजेको वडा अध्यक्ष चौलागाईले बताउनु भयो ।
घटनाको विषयमा प्रहरी प्रमुख मान बहादुर राईले आफुले वडा अध्यक्षमाथी हातपात र दुव्यवहार नगरेको बताएका छन् । डिएसपी राइले घटनाको विषयमा अनुसन्धान भई रहेको र मुद्धालाई प्रभाव पार्ने गरी प्रस्तुत नहुनका लागि वडा अध्यक्षलाई आग्रह गरेको बताएका छन् ।