प्रदेश स्तरिय जुनियर तथा युवा रेडक्रस शिविर दोलखामा हुने

नेपाल रेडक्रस सोसाईटीको सातौँ प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर दोलखामा हुने भएको छ ।

कोभ्रेको धुलिखेलमा सम्पन्न एक कार्यक्रमका बिच वागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीले जिल्ला सभापति भिम केसीलाई नेपाल रेडक्रस सोसाइटीको झन्डा हस्तान्तरण गरेसँगै दोलखामा उक्त शिविर हुने भएको हो ।

निश्पक्षता, तटस्थता र एकताका भाव राखेर युवालाई मानवीय सेवामा संलग्न गराउने उदेश्य का साथ जिल्लामा प्रदेश स्तरिय शिविर आयोजना गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति भिम केसीले जानकारी दिनुभयो ।

शिविरमा बागमती प्रदेशका १३ जिल्लाका जुनियर युवा रेडक्रस सर्कल, शिक्षक नायक, जिल्ला शाखा प्रतिनिधि लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । सातौँ प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर दोलखामा आयोजना गर्नको लागि सहमती भएको र जिल्ला तोकिए पनि मिती भने तय भई सकेको छैन् । सवै विषयको तयारी गरी सकेपछि जिल्लाको सवै क्षत्रलाई समेटी कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । दोलखामा कार्यक्रम आयोजना गर्नका लागि जिल्ला शाखा सभापतीलाई प्रदेशले झण्डा हस्ताणतरण गरि सकेको छ ।

नेपाल रेडक्रस सोसाइी दोलखाले हाल जिल्लामा विपत्ति पछिको खोज उद्धार र राहतमा कुनै कमि नराखी काम गरिरहेको सभापति केसीले बताउनुभयो ।