
दर्पण सञ्चार
१५ वैशाख
वागमती प्रदेश सरकारले समाजिक विकास मन्त्रीमा सरस्वती वस्नेतलाई नियूक्त गरेको छ ।
वागमती प्रदेसका मुख्य मन्त्री डोरमणी पौडेलले मन्त्री मण्डल हेरफेर गरेर सामाजिक विकास मन्त्रीमा सरस्वती वस्नेतलाई नियूक्त गरेको स्रोतले जनाएको छ । वागमती प्रदेसमा केहि महिना देखि रिक्त रहेको मन्त्रालयहरुमा मुख्य मन्त्री पौडेलले आज मन्त्री थप गर्न लाग्नु भएको हो । दोलखा गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरीमा जन्मनुभएका वस्नेत नेकपा एमालेबाट वागमती प्रदेस सरस्य रहनुभएको थियो ।

त्यस्तै उद्योग वन पर्यटन तथा बातावरण मन्त्रीमा सरेस नेपाल, आन्तरीक मामिता तथा कानुन मन्त्रीमा केशव पाण्डे र सामाजिक विकास राज्य मन्त्रीमा डा रामकुमार अधिकारी को नाम तए भएको स्रोतले जनाएको छ । नव नियूक्त मन्त्रीहरुलाई आज साँझ सपथ ग्रहण गराईने कार्यक्रम तय भएको छ ।

