प्रदेश प्रतिनिधी छनोट गर्न एमाले दोलखाको सवै पालिकामा प्रकृया सुरु

नेकपा एमालेको वागमती प्रदेश अधिवेशनको लागि दोलखाबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधी छनोटका लागि एमाले दोलखाले सवै पालिकाहरुमा आजबाट प्रकृया सुरु गरेको छ ।

मुलुक संघिय संरचनामा गई सकेपछि नेकपा एमालेले संगठनलाई संघियकै ढाँचामा रुपान्तरण गर्ने अभ्यास सुरु गरे संगै एमाले दोलखाले जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नै वटै स्थानिय तहमा प्रतिनिधी छनोटको प्रकृया सुरु गरेको नेकपा एमाले दोलखाले जनाएको छ । नेकपा एमालेले सवै पालिकामा प्रतिनिधी छनोटका लागि निर्वाचन क्षत्र तोकि तिन सदस्यीय टोलि खटाएको छ । निर्वाचन टोलिले सवै पालिकाहरुमा आजबाट निर्वाचन प्रकृया सुरु गरेको छ । प्रतिनिधी छनोटका लागि नेकपा एमाले दोलखाको भाद्र १८ गते नर बहादुर श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको थियो । कार्य तालिका अनुसार भाद्र २५ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली माथी दावी विरोघ, अन्तिम नामावली प्रकाशन,उम्मेदवारको मनोनय दर्ता, उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्य तालिका रहेको छ । त्यस्तै भाद्र २६ गते उम्मेदवार माथी दावी विरोघ, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ गते दिउँसो निर्वाचन गर्ने कार्य तालिका रहेको छ ।

नेकपा एमालेको प्रत्येक पालिका रहेको संगठीत सदस्यताको आधारमा प्रदेश अधिवेशनमा प्रतिनिधी छनोट हुने व्यवस्था रहेको छ । एक सय २५ जना सदस्य बराबर एक जना प्रतिनिधी जानुपर्ने व्यवस्थामा महिला र चालिस वर्ष मुनिका समेत समावेश गरिनु पर्ने व्यवस्था रहेको छ । दलितको हकमा भने जिल्ला भरको दलित सदस्यहरुको आधारमा प्रतिनिधी छनोट गरिने छ । नेकपा एमाले दोलखा प्रदेश अभिवेशनको लागि प्रतिनिधी छनोटमा निर्वाचन कार्य तालिका सार्वजनिक गरे पनि सर्वसम्मत प्रतिनिधी छनोटका लागि छलफल र पहल भई रहेको नेकपा एमाले दोलखाले जनाएको छ । जिल्लाको सवै पालिकाहरुमा निर्वाचन भन्दा पनि सर्वसम्मत रुपमा प्रतिनिधी छनोटको सम्भावना रहेको र केहि पालिकामा सामान्य विवाद रहेता पनि सर्वसम्मत छनोटका लागि छलफल पहल भईरहेको नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले बताउनुभयो ।

नेकपा एमालेको वागमती प्रदेश अधिवेशनको लागि दोलखा जिल्लाबाट ६३ जना प्रतिनिधीहरु छनोट हुने भएका छन् । जसमा गौरिशंकर गाउँपालिकाबाट ६ जना, वेतेश्वर गाउँपालिकाबाट ६ जना, जिरी नगरपालिकाबाट ५ जना तामाकोशी गाउँपालिका बाट ५ जना, शैलुङ गाउँपालिका बाट ४ जना, भिमेश्वर नगरपालिका बाट ९ जना, कालिन्चाृेक गाउँपालिकाबाट ६ जना, विगु गाउँपालिका बाट ६ जना मेलुङ गाउँपालिका बाट ९ जना र दलित निर्वाचन क्षत्रबाट ९ जना गरि ६३ जना प्रतिनिधी छनोट हुनेछ । नेकपा एमाले वागमती प्रदेशको अधिवेशन असोज ८ र ९ गते काठमाण्डौमा आयोजना गरिएको छ ।