चरिकोट, १६ असोज
दोलखाको चरिकोटमा प्रदेश नम्वर ३ अन्र्तगतको सात दिने एन्फा रेफ्रि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल फुटवल संघको आयोजनामा दोलखाको चरिकोटमा प्रदेश नम्वर ३ का भित्रका खेलाडिहरुलाई छनोट गरी सात दिने रेफ्रि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । सात दिने एन्फा रेफ्रि कोर्ष मा भाग लिनका लागि प्रदेश नम्वर ३ अन्र्तगतका १० ओटा जिल्ला बाट ३७ जना सहभागी रहेको थियो । जिल्ला फुटवल संघ दोलखाको व्यवस्थापन र एन्फाको आयोजनामा भएको सो कोर्षमा ३४ जना सहभागीहरुले सफलता प्राप्त गरेका छन भने उनिहरुलाई एन्फाले रेफ्रि लोगो वितरण गरेको छ ।

समापन कार्यक्रममा प्रदेश सभा सदस्य विशाल खड्काले खेल राष्ट्रको गौरव भएको र खेल क्षेत्रपनी अन्य क्षेत्र जस्तै व्यवसायीक बन्दै गएकाले खेल क्षेत्रमा लाग्नेहरुले व्यवासायीक रुपमानै खेलकुदको क्षेत्रमा लाग्दा फाइदाहुने बतउनु भयो । अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमाण तुलाधरले प्रदेश नम्वर ३ अन्र्तगतका रेफ्रि प्रशिक्षण कार्यक्रम दोलखामा आयोजना हुनु र सहभागी मध्य धेरैले सफलता प्राप्त गर्नु सुखद कुरा रहेको बताउनु हुँदै इमानदारीताका साथ खेल क्षेत्रमा आँच नआउने गरी रेफ्रिको भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

दोलखामा खेल क्षेत्रको विकास र विस्तार गर्नका लागि धमाधम कवर्ड हल राष्ट्रिय स्तरका खेलहरु संचालन गर्नका लागि प्याराफिट सहितको खेल मैदान र एक वडा एक खेलमैदानको अवधारण अनुसार धमाधम काम भई रहेको दोलखा भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले बताउनु भयो । (तस्विर अर्जुन)


