प्रथम प्रकाश स्मृती कप : दोलखा र प्लानिङ ब्वाइज फाइनलमा

दर्पण संवाददाता
चरिकोट, ६ मङ्सिर

दोलखामा जारी प्रथम प्रकाश स्मृती कप खुल्ला फुटवल प्रतियोगितामा दोलखा जिल्ला फुटवल संघ र प्लानिङ ब्वाइज फाइनलमा पुगेका छन् ।

दोलखा जिल्ला फुटवल संघ र दिपशिखा नैकाप विच आज भएको सेमिफाइनलको पहिलो खेलमा ३–१ गोल अन्र्तरले दिपशिखा नैकापलाई पछि पार्दै दोलखा जिल्ला फुटवल संघ फाइनलमा प्रवेश गरेको हो । खेलको ३० मिनेटमा दोलखाको लागी विवेक वुढाथोकिले फ्रि किक मार्फत आर्कषक गोल गरेका थिए । ४१ औ मिनेटमा दिपशिखा नैकापको लागि समिर श्रेष्ठले गोल गरि खेललाई बरावरीमा पु¥याएका थिए । खेलको दोस्रो हाफमा दुवैटिमले गोल गर्न नसके पछि थप ३० मिनेट खेलाइएको थियो । पहिलो हाफको दुइ मिनेटमानै दोलखाको लागि जर्सी न १५ का खेलाडिले हेडिङ मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए लगतै खेलको ७ औ मिनेटमा दिल बहादुर थामीले गोल गर्दै खेल आफनो पक्षमा पारेका थिए ।

आजै भएको दोस्रो सेमिफाइनलको खेलमा प्लानिङ ब्वाइज एपिएफ नेपाललाई पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । पुरै ९० मिनेटको समय सम्म खेल्दा पनि खेल एक एकको वरावरीमा रोकिए पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुटको अन्तमा एपिएफको लागि प्रहार गरिको बल पोष्टमा लागेर फर्के पहि प्लानिङ ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

प्रकाश दहालको स्मृतीमा आयोजना गरेको खुल्ला फुटलव प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान १० बजेबाट हुने भएको छ । खेलको समापन प्रकाश दहालको धर्म पत्नी मा. खानेपानी मन्त्री विना मगरको आतिथ्यतामा हुने भएको छ । खेल समापन कार्यक्रममा सहभागि हुन मन्त्री मगर चरिकोट आइपुग्नु भएको छ ।

प्रकाश स्मृती कपको विजेताले नगद २ लाख ५० हजार र उप विजेताले १ लाख २५ हजार र सेमिफाइनलका खेल्ने टिमले ३०÷३० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।