प्रथम प्रकाश स्मृती कपको आजको खेलमा काभ्रे र दोलखा विजयी

चरिकोट, ३ मङ्सिर

दोलखामा जारी प्रथम प्रकाश स्मृती कप खुल्ला फुटवल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् ।

चरिकोटमा मंसिर १ गतेबाट सुरु भएको प्रकाश स्मृती कपको आज भएको खेलमा काभ्रे जिल्ला फुटवल संघ र दोलखा जिल्ला फुटवल संघ विजयी भएका छन् ।

काभ्रे जिल्ला फुटवल संघ र दिपशिखा रामेछाप विच भएको आजको पहिले खेलमा ३–० गोल अन्र्तरले काभ्रे जिल्ला फुटवल संघले जितेको छ । काभ्रे जिल्ला फुटवल संघका लागि टिम क्यापटेन समिर खड्काले पहिलो ५ मिनेटमा १ गोल र दोस्रो हाफको ५३ औँ मिनेटमा १ गोल गरि २ गोल गरेका थिए । खेलको ६८ औ मिनेटमा काभ्रेका रुमन श्रेष्ठले पुन १ गोल गरेका थिए ।

त्यसै गरि आजै भएको दोस्रो खेलमा दोलखा जिल्ला फुटवल संघ सानो गौचारण कल्व विचको खेलमा ४–० गोल अन्तरले दोलखा जिल्ला फुटवल संघले जित हात पारेको छ । दोलखा जिल्ला फुटवल संघका लागि खेलको २५ औ मिनेटमा हिमाल श्रेष्ठले पहिलो गोल गरेका थिए । खेलको ६७ मिनेटमा टिम क्यापटेन शन्त तामाङले १ गोल गरेका थिए भने सुरेन्द्र बुढाथोकीले १ गोल गरेका थिए । खेल मैदान प्रवेश गरेको २ मिनेट पनि वित्न नपाउदै रसिन भुजेलले ८५ मिनेटमा गोल गर्दै टिमको लागि फराकीलो गोल अन्तरले जित दिलाएका थिए ।

भोलीको खेल
भोली हुने पहिलो क्वाटर फाइनलको खेलमा एपिएफ नेपाल र चितवन जिल्ला फुटवल संघ विच खेल हुने भएको छ । खेल बिहान ८ बजेबाट चरिकोट स्थित टुडिखेलमा हुने भएको छ ।