चरिकोट, २८ असार
नेकपा एमाले दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले आज अदालतले गरेको निर्णय देशी तथा विदेशी प्रतिगामी तत्वहरुको इसारामा भएको र अदालतले गलत र्निणय गरेको बताउनु भएको छ ।
कानुनी रुपमा दलिय व्यवस्था रहेको भए पनि आज अदालतले गरेको निर्णयले दलिय र संसदिय प्रणलीको चिरहरण भएको बताउनुभएको हो । नेपालको कम्यूनिष्ट आन्दोलनलाई कम्जोर बनाउनदै वछि धकेल्ने काम भएको र अदालतले प्रतिगामीहरुको इसारामा गलत र्निणय गरेको उहाँले बताउनु भएको हो । आम नागरिकलाई न्याय दिलाउने न्यापालिकानै कानुन भन्दापनि कुनै व्यक्ति तत्वहरुको इसारामा चलेर गलत निर्णय गर्दा न्यायपालिका प्रति नागरिकहरुको विश्वास गुम्ने खतरा रहेको छ अध्यक्ष पोखरेलले बताउनु भयो ।
दलिय व्यवस्था अन्र्तगत अदालतले क्षत्र भन्दा वाहिर गएर निर्णय गर्ने गरेको र राज्यमा अस्थिरता निम्त्याउन खोज्ने काम भएको हुँदा अस्थिरताले निम्त्याउने विभिन्न घटनाको जिम्मेवारी सम्वन्धीत निकायले नै लिनुपर्ने उहाँले बताउनु भयो ।
यस्तो अनपेक्षित क्षणमा दोलखालि कम्युनिष्ट नेता कार्यकर्ताहरु तथा न्यायप्रेमी आम जनसमुदायलाई गम्भीर हुन र सजग रहन एमालेका पार्टी अध्यक्ष इश्वर चन्द्र पोखरेलले अपिल गर्नु भएको छ ।
