दर्पण संवाददाता
चरिकोट, ७ मङ्सिर
प्रकाश दहालको सम्झनामा दोलखामा आयोजना गरिएको प्रथम प्रकाश स्मृती कप खुल्ला फुटवल प्रतियोगिताको उपाधी प्लानिङ ब्वाइजले जितेको छ ।
दोलखा जिल्ला फुटवल संघ र प्लानिङ ब्वाइज बिच आज भएको फाइनल खेलमा १–२ गोल अन्र्तरले दोलखा जिल्ला फुटवल संघलाई पछि पार्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । जित संगै प्लानिङ ब्वाइजले नगद २ लाख ५० हजार र उपविजेता दोलखा जिल्ला फुटवल संघले नगद १ लाख २५ हजार शिल्ड तथा मेडल हात पारेको छ ।
आज भएको फाइनल खेलमा प्लानिङ ब्वाइजका लागि खेलको २ मिनेटमा अफ्रिकन विदेशी खेलाडि कासीले गोल गेरका थिए । त्यसको लगतै १७ औ मिनेटमा पिटर सेगुनले एक गोल गर्दै खेललाई दुई शुन्यको अग्रता दिलाएका थिए । दोलखाका लागि हिमाल श्रेष्ठले ३६ औ मिनेटमा १ गोल फर्काएका थिए ।
खेलको म्यान अफ द टुनामेन्ट सुजन श्रेष्ठ, म्यान अफ द म्याच राजकुमार घिसिङ, वेस्ट स्पाइकर हिमाल श्रेष्ठ, विष्ट किपर विष्णु केशी भएका छन् । उनिहरु प्रत्येक खेलाडिले नगद १० हजार प्राप्त गरेका छन् । त्यस्तै खेमिफाइनल खेल्ने टिम एपिएफ नेपाल र दिपशिखा नैकापले ३०÷३० हजार प्राप्त गरेका छन् ।
खेलाडी तथा विजयी टिमहरुलाई खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले नगद शिल्ड तथा ट्रफि प्रदान गर्नु भएको थियो ।