निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को वागमती प्रदेश कमिटीको वार्षिक साधारण सभा दोलखाको चरिकोटमा आयोजना भएको छ ।
बागमती प्रदेश अन्तरगत रहेका १३ वटा जिल्लाका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को वार्षिक साधारण सभा चरिकोटमा आजबाट सुरु भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले चरिकोटमा साधारण सभाको उदघाटन गर्नुभएको थियो । वागमती प्रदेश स्तरीय कार्यक्रममा दोलखाका निजी तथा आवासीय विद्यालयका विधार्थी तथा शिक्षक, संचालकहरुको उपस्थितमा टुडिखेलमा कार्यक्रमको सुरुवात भएको छ ।
प्याब्सन बागमती प्रदेशको सो कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । साथै १३ वटै जिल्लाका अध्यक्षहरुले समेत वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा विधान संशोधन प्रस्ताव, शिक्षाका विविध नविन विधि प्रविधिहरुको बारेमा वृहत छलफल गरी बालबालिकालाई थप गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना, निजी विद्यालयका अवसर र चुनौतीका बारेमा छलफल गरी योजना तर्जुमा समेत गरिने वागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै वागमती प्रदेश सभा सदस्य भरत बहादुर केशीले सरकारी विद्यालयको तुलनामा निजि विधालयहरुमा विधार्थी तथा अभिभावकको आकर्षण वढेको देखिएको हुँदा नितिगत रुपमानै शैक्षिक क्षेत्रको सुधार गरेर लैजानुपर्ने बताउनु भयो । निजी विद्यालयहरुले समेत नेपालको शैक्षिक क्षेत्रको विकासका लागि लामो सहयोग रहेको स्मरण गर्नुहुँदै शैक्षिक क्षत्रमा सम्मान्ता कायम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधीहरु सहभागी भएका छन् ।