काठमाडौँ ५ फाल्गुण
पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौले सफाइ दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि महरा थुनामा रहनुभएको थियो । मुख्य न्यायाधीश पौडलको इजलासमा हिजो बहस सकिए पनि समय अभाव देखाउँदै मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखिएको थियो।
अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा। भिमार्जुन आचार्य, लवकुमार मैनाली, शेरबहादुर केसी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी बराल, अधिवक्ता सुशील सापकोटा, अधिवक्ता मुरारी सापकोटालगायतले बहस गर्नुभएको थियो । बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।
