प्रभु जिरेल
मेलुङ १४ असार
दोलखाको मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०६७÷७७ का लागि पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भएको छ ।
नागरिकहरु संग प्रत्येक्ष रुपमा जोडिने विकासको पहिलो आधार पुर्वधार विकास रहेको भन्दै गाउँपालिकाले पूर्वाधार विकासलाई विशेष महत्व दिएर निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पूर्वाधार विकास कार्यक्रम अन्र्ततग मेलुङ गाँउपालिकाले गाँउपालिका भित्रका सडकहरुलाई गाउँपालिकाका गौरवका सडक आयोजनाहरु र गाउँपालिका स्तरका सडकहरुको रुपमा दुई भागमा विभाजन गरी रकम विनियोजन गरेको छ । गाउँपालिकाको गौरवका आयोजनाहरु अन्र्तगत आठ ओटा आयोजनाहरुका लागि आठ करोड ८२ लाख रकम विनियोजन गरेको छ । विशेष महत्व दिएको यी आठ सडकहरु खण्डहरुले मेलुङ गाउँपालिका को सवै भुभाग समेटीने विकासको मार्ग चित्र कोरिने प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो । त्यसै गरी गाउँपालिका भित्र रहेका आठओटा गाउँपालिका स्तरका सडक आयोजनाहरुका लागि ७८ लाख रकम विनियोजन गरेको छ ।
स्थानिय सडक पुर्वाधार, संबृद्ध मेलुङ गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ मेलुङ गाउँपालिका भित्रका सडकहरुको विस्तृत सडक परियोजना प्रतिवेदन तयार गरी यसै वर्षदेखि कार्यन्वयनमा ल्याइने तयारी भई रहेको गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो । भौतिक विकासका पूर्वाधारहरुको खासै विकास नभएको मेलुङ गाँउपालिकामा स्थानिय सरकार गठन भए संगै पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको र प्रत्येक ठाउँमा सडक सञ्जाल जोडिनुका साथै हाम्रो सडक राम्रो सडक अभियान संचालन गरी हरेक सडक योजनाहरुको स्तोर उन्नती भई रहेको उहाँले बताउनु भयो । गाउँपालिकाले यसै वर्षदेखि गाउँपालिका क्षेत्र भित्रका सडक क्षेत्रधिकार भित्र पर्ने जग्गाहरु गाउँपालिकाको स्वामित्वमा आउने गरी कित्ता काट गर्ने कार्यलाई समेत अघि वढाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ का लागि गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुर्वधार विकास कार्यक्रम अन्र्तगत सडक, सिँचाई आयोजना, पुल पुलेसा, सहरी विकास लगाएतलाई प्राथमिकता दिएको छ । दोलखाकै उर्वर भूमि मानिने मेलुङ गाउँपालिका भित्रका कृषि योग्य जमिनमा सिँचाईको व्यवस्थापन गर्नका लागि तिन ओटा योजनाका लागि ९ लाख ५० हजार रकम विनियोजन गरेको छ । सिँचाई कुलो योजना संभावना नभएका ठाँउहरुमा विभिन्न निकायको समन्वयमा यसै वर्षदेखि लिफट सिँचाई योजना प्रणलीको संभाव्यता अध्ययन गरी कार्य संचालनको लागि पहल गरिने गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो ।
कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न युवाहरुलाई कृषिमा आकर्षित गरिदै लगिने र गाउँपालिका क्षेत्र भित्र उत्पादन गर्न सकिने कृषि अन्र्तगतका तरकारीजन्य, फलफुल, मासुजन्य, दुग्धजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर वनाई कृषि पकेट क्षेत्रहरु घोषण गरीने भएको छ । गाउँपालिकाले कृषि पेशालाई व्यवस्थीत बनाई आत्म र्निभर गराउनुका साथै आर्थिक विकास गराउने उदेश्यले दुई करोड २० लाख रकम कृषि क्षेत्रमा विनियोजन गरेको छ ।