पूर्णिमा राणा जिरेलले जितिन दोलखा डान्स च्याम्पियन सिजन १ को उपाधी

चरीकोट, १ फाल्गुण 

दोलखाको सदरमुकाम चरीकोट बजारमा दोलखा डान्स क्रुले आयोजना गरेको जिल्लाकै ठुलो दोलखा डान्स च्याम्पियन सिजन १ को उपाधी पुर्णिमा राणा जिरेलले हात पार्नुभएको छ ।

दोलखामा लामो समय देखि साङगितिक क्षत्रमा काम गर्दै आएको डान्स क्रुले आयोजना गरेको प्रतियोगितामा १५ भन्दा वढि प्रतिस्पधीहरुलाई पछि पार्दै उत्कृष्ट प्रस्तुती सहित पुर्णिमा राणा जिरेल विजेता वन्नुभएको हो । प्रतियोगीतामा फस्ट रनरअप अल्पाईन पब्लिक स्कूल र सेकेन्ड रनरअप कालिञ्चोक माध्यामीक विद्यालय भएका छन् । प्रतियोगीताका विजेतालाई नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र, फस्ट रनरअपलाई नगद १५ हजार, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपलाई नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको दोलखा डान्स क्रू का अध्यक्ष बिष्णु शिवाकोटीले बताउनुभयो ।

डान्स प्रतियोगितामा दोलखा जिल्लाको विभिन्न क्षत्रबाट १५ भन्दा वढि समुहको सहभागिता रहेको थियो । जिरी नगरपालिका बाट सहभागित जनाउनुभएको पुणीमा राना जिरेलले उपाधी जित्न सफल हुनुभएको हो । दोलखाको विभिन्न संस्कार र संस्कृतीहरुलाई डान्स मार्फत प्रर्वद्धन गराउने र प्रतिभा पहिचान गराउने उदेश्यले डान्स प्रतियोगिताको आयोजना गरेको अध्यक्ष शिवाकोटीले बताउनु भयो ।

नेपाली चलचित्रका कोरियोग्राफर राजेन्द्र कमल राई, छमछमी सिजन तीनको विजेता सरोज राना र छमछमी सिजन तीनका सेकेन्ड रनरअप शेखर घर्तीमगरले प्रतियोगीताको निर्णायक गर्नु भएको थियो । सो अवसरमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले समेत विभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए ।