
दोलखाको गौरिशंकर गाउँपालिकाको वडा नम्वर ७ मार्वु र वडा नम्वर ८ खारेमा गत साउन १८ गते गएको पहिरोले प्रभावित स्थानीयहरु संग पुर्व संचार सुचना तथा प्रविधी मन्त्री पार्वत गुरुङ स्थलगत भेटघाट गर्नुभएको छ । पहिरो प्रभावित क्षत्रका खारे र मार्वुको विभिन्न टोलहरुमा पुगी प्रभावित क्षत्रको स्थलगत अवलोकण गर्नुहुँदै पिडितहरु संग पुर्व मन्त्री गुरुङले घेटघाट गर्नुभएको हो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा हाल चिवतन जिल्ला इन्चार्ज समेत रहुनभएका गुरुङ दुई दिने पैदल यात्रा मार्फत खारे र मार्वुको पहिरो क्षत्रको विभिन्न टोलमा पुग्नुभएको थियो । गत साउन १८ गते गएको पहिरोले खारेमा मानविय क्षत्री नभएता पनि छेसा खारे तर्फको ठुलो क्षती पुरेको तल्लो सल्ले, माथिल्लो सल्ले, हुुर्पुङ, सिमलडाँडा, फाक्ची लगाएतको क्षत्रमा पुगी प्रभावित स्थानीयहरु संग छलफल गर्नुभएको थियो । खारेको माथिल्लो तल्लो सल्ले र फाक्ची लगाएत क्षत्रमा वास वस्न नमिल्ने गरी ३४ घर प्रभावित भएको छ । उक्त क्षत्रका पहिरो प्रभावित नागरिकहरु हाल सामुहिक रुपमा अरुको जग्गामा पाल मुनी वस्दै आएका छन् । चारै तिर पहिरो गएको र जग्गा चिरा चिरा परेको हुँदा वस्न निकै समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

प्रभावितहरु संग भेटघाट गर्नुहुँदै मन्त्री गुरुङले भौतिक क्षति भए पनि मानविय क्षति नभएको हुँदा विचल्लीत नहुन र समस्या समाधानको लागि हाफुले पहल गरिने बताउनु भयो । अहिले पनि पानी परि रहेको हुँदा सुरक्षित भएर वस्नका लागि पुर्व मन्त्री गुरुङले आग्रह गर्नु भयो । पहिरो प्रभावित क्षत्रमा पैदल यात्रा मार्फत जानुपर्ने भएका कारण मुख्य प्रभावित क्षत्रमा हाल सम्म कोहि प्रतिनिधी नपुगेको र वास्तविक तथ्याङकहरु संकलन नभएको स्थानीयहरुले गुनासो गरेका छन् । तत्काल खाद्यानको सहयोग भन्दा पनि स्थायी वसोवासको व्यवस्था मिलाई दिन पुर्व मन्त्री गुरुङलाई स्थानीय हरुले आग्रह गरेका छन् । खारेको हाल पहिरो प्रभावित क्षत्रमा स्थायी वसोवासको कुनै पनि क्षत्र उपयुक्तन नभएको र अन्य सुरक्षित स्थानमा सारी दिन पहिरो पिडितहरुले आग्रह गरेका छन् । सुरक्षित वसोवासको लागि आफुले पहल गरि दिने र सुरक्षित स्थानमा वसोवासको प्रवन्ध गराउन जग्गा खरिद गर्न सरकारले ३ लाख र घर निर्माणको लागि ५ लाख गरी पहिरो पडितलाई स्थान्तरणका लागि सरकारले सहयोग गर्ने बताउनु भयो ।
प्रभावितहरुलाई सहयोग गर्नका लागि खारे र मार्वुका प्रभावित हरुको विचमा विपद व्यवस्थापन समिती गठन गरिएको छ । प्रत्यक्ष पिडितहरुको पहिचार, क्षतिको विवरण र न्यायोति राहत वितरणका लागि भन्दै पिडितहरु बाटै समिती गठन गरिएको छ । खारेको पहिरो पिडित हरुलाई समिती मार्फत ५५ हजार र मार्वुमा पितिडतहरुलाई समिती मार्फत ५५ हजार गरी गुरुङले एक लाख १० हजार कोषमा रकम जम्मा गरी दिनुभएको छ ।


