पुर्व पर्यटन मन्त्री तथा एमाले नेता आनन्द पोखरेलद्धारा दोलखामा स्वास्थ्य सामग्री वितरण

दर्पण संवाददाता
चरीकोट,

नेकपा एमालेका नेता तथा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेलले दोलखामा स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ ।
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष तथा पुर्व पर्यटन मन्त्री पोखरेलले दोलखाका दुइ नगरपालिका र सात गाउँपालिका गरी नै वटा स्थानिय तह तथा अस्पताल विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नु भएको हो । जिल्लाको प्रत्येक स्थानिय तहलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ४ हजार पिस मास्क, ८० लिटर सेनिटाइजर र ३ हजार चक्कि सिटामोल प्रदान गर्नुभएको हो ।

जिल्ला समन्वय समिती दोलखामा आज दोलखाको सवै स्थानिय तहलाई स्वास्थ्य सामग्री वितरण गरिएको र गाउँपालिकाहरुले पालिका भित्रका सवै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा उपलब्ध गराउने रिनन पोखरेलले बताउनु भयो । दोलखामा पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइसर नियन्त्रण गराउने उदेश्यले पुर्व मन्त्री तथा नेकपा एमाले वागमती प्रदेश कमिटिका अध्यक्ष आनन्द पोखरेलले दोलखामा एक हजार लिटर सेनिटाइजर,४० हजार पिस मास्क, ३४ हजार पिस सेनिटाइजर वितरण गर्नु भएको हो ।