पुर्व उप–सभामुख डा.शिवमाया तुम्वाहाम्फे दोलखाको पर्यटकीय क्षेत्रको भ्रमणमा

दर्पण संवाददाता
चरिकोट, १३ माघ

पुर्व उप–सभामुख डा. शिवमाया तुम्वाहाम्फेले दोलखाको पर्यटकीय क्षेत्रको भ्रमणका लागि आज दोलखा आउनु भएको छ ।

केहि दिन अघि मात्र उपसभामुखबाट राजिनामा गर्नुभएको डा. शिवमाया तुम्वाहाम्फे दोलखाको पर्यटकीय क्षेत्रहरुको निजी भ्रमणका लागि आज दोलखा आई पुग्नु भएको छ । निजी भ्रमणको क्रममा दोलखा आउनु भएका पुर्व उपसभामुख तुम्वाहाम्फेल चरिकोटमा संचारकर्मीहरु संग कुरा गनुृहुँदै उपसभामुखमा राजिनामा दिएसंगै अव पार्टीले दिएको जिम्मेवारी अनुसार पार्टीको काममा लाग्ने बताउनु भयो । आफु उपसभामुख रहँदा पार्टीको गतिविधीमा सहभागिता नभएता पनि लामो समय देखि पार्टीको विभिन्न जिम्मेवारी लिई काम गरेको अनुभव रहेको र पुन पार्टीले दिएको जिम्मेवारी अनुसार आफु काम गर्न तयार रहेको उहाँले बताउनु भयो ।

दोलखाको प्रशिद्ध धामिक तथा पर्यटकिय क्षत्रको भ्रमणका लागि पुर्व उपसभामुख डा. शिवामाया तुम्वाहाम्फे, प्रतिनिधी सभा सदस्य विमला विक, विना श्रेष्ठ लगाएतको टोली सहित आज कालिन्चोक भ्रमणमा रहनु भएको छ । दोलखा नेपालकै पर्यटकिय क्षेत्र रहेको र निजी भ्रमणका लागि दोलखाको विभिन्न क्षेत्रमा भ्रमण गर्न दोलखा आउनु भएको र भोली सम्म दोलखामा रहने कार्य तालिका रहेको भ्रमणमा सहभागी प्रेस स्गठनका केन्दीय सदस्य शेखर अधिकारीले बताउनु भयो । दोलखाको कालिन्चोक भगवती, भिमेश्वर मन्दिर लगाएत क्षत्रको भ्रमण गर्ने कायक्रम रहेको छ ।