पुर्पक्षका लागि थुनामा रहेका एक पुरुषद्धारा चरिकोट कारागार भित्रै आत्माहत्या

दर्पण संवाददाता
चरीकोट, ३ वैशाख : दोलखाको चरीकोटमा रहेको जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको एक व्यक्तिले आज कारागार भित्रै आत्माहत्या गरेको छ ।

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका दोलखा कालिन्चोक गाउँपालिका वडा ६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झयालमा झुण्डीएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो करीव ११ वजेको समयमा शैचालय गर्न गएका थामी लामो समय सम्म नर्फकिए पछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्माहत्या गरेको अवस्थामा फेला परेको दोलखाका प्रहरी निरिक्षक अञ्जन कोइरालले बताउनु भयो । पुर्वपक्षका लागि थुनामा राखिएको थामीले आफैले लगाएको ज्याकेटको तुना निकालेर तुनामा झुण्डीएको र आत्माहत्या गरेको थाहापाउन साथ तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भई सकेको कारागारका निमित प्रमुख पदम केसीले बताउनु भयो ।

कालिन्चोक गाउँपालिका वडा नम्वर ६ का थामी आफनै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा पक्राउ परि कर्तव्य ज्यान मुदामा पुपक्षका लागि थुनामा राखिएको थियो ।