पार्वत गुरुङ पुन संचार मन्त्रीमा नियूक्त

दर्पण संवाददाता
वैशाख ३१
संचार सुचना तथा प्रविधी मन्त्रीमा पार्वत गुरुङ पुन नियूक्त हुनु भएको छ । संचार तथा सुचना प्रविधी मन्त्री रहनु भएका मन्त्री पार्वत गुरुङलाई आज प्रधानमन्त्री केपी शर्मा वलीले पुन संचार मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा वलीले प्रधिनिधी सभावबाट विश्वासको मत प्राप्त गर्न नसके पछि मन्त्रीहरु स्वत पद मुक्त भएका थिए । विश्वासको मत प्राप्त नभए पछि सरकार गठनको लागि राष्ट्रपतीले वहुमतको सरकार गठनका लागि दिएको समय अवधीमा कुनै पनि दलले दावी नगरे पछि राष्ट्रपतीले ठुलो दलको हैसियतमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा वलीलाई प्राधानमन्त्री नियुक्त गर्नु भएको हो । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भए पछि प्रधानमन्त्री केपि शर्मा वलीले मन्त्रीहरु नियुक्त गर्नु भएको छ । मन्त्री गुरुङलाई आजै राष्टपती निवास सितलनिवासमा राष्टपतीले सपथ खुवाउनु भएको छ ।

संचार तथा सुचना प्रविधी मन्त्रीमा पुन नियुक्त हुनभएका मन्त्री पार्वत गुरुङ दोलखाबाट प्रतिनिधी सभा सदस्यमा हुनुहुन्छ ।  दोलखामा मन्त्री गुरुङलाई नेकपा एमालेको प्रभावशाली नेताको रुपमा चिनिन्छ । नेकपा एमालेबाट प्रधिनिधी सभामा निर्वाचित गुरुङ प्रतिस्पधीलाई ठुलो मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको थियो ।