पार्वत गुरुङ जित्नु भनेको मैले जित्नु हो जिताउने काममा म लाग्छु : वालकृष्ण शिवाकोटी

नेकपा एमालेका नेता वालकृष्ण शिवाकोटीले नेकपा एमाले दोलखाका उम्मेदवार पार्वत गुरुङको जित नै आफनो जित हुने बताउनु भएको छ ।

आज कालिन्चोक गाउँपालिकाले लापिलाङमा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्वोधन गर्नुहुँदै एमाले नेता वालकृष्ण शिवाकोटीले पार्वत गुरुङको जित नै आफनो र समग्र दोलखाको जित हुने हुदा उहाँलाई जिताउन सम्पुर्णलाई आग्रह गर्नु भयो । पार्टीको उम्मेदवार पार्वत गुरुङरहेको हुँदा उहाँलाई जिताउनका लागि आफुले कुनैपनी कमी हुन नदिने उहाँले बताउनुभयो । अहिले अवस्थामा नेकपा एमालेलाई जिताउन सकिएन भने यो मुलक रहनछ या रहन्न भन्ने अवस्था रहेको हुँदा खुलेर सुर्य चिन्ह्मा मतदान गर्नका लागि उहाँले मतदाताहरुलाई आग्रह गर्नुभयो । गत निर्वाचनमा आफुलाई जसरी कालिन्चोक गाउँपालिकाले माया गरेर मत दिएको थियो त्यसै गरी कुनैपनी कमी नुहने गरी पार्वत गुरुङलाई जिल्लाकै पालिका मध्ये पहिलो मत दिएर पठाउनका लागि सवैलाई आआफनो क्षत्रमा लाग्नका लागि आग्रह गर्नु भयो ।

नेकपा एमालेलेका कार्यकता भनेको सिपाही भएको उदाहरण दिनुहँदै इमान्दारीताका साथ काम गर्ने उहाँले बताउनुभयो । जिल्लामा पार्वत गुरुङले जित्दामात्र दोलखा जिल्लाको समग्र विकास गर्न सम्भव भएको हुँदा उहाँलाई मतदान गर्न आग्रह गर्नु भयो । नेकपा एमालेले जिल्लामा धेरै नागरीक संग प्रत्यक्ष सरोकार राख्ने दुरगामी योजनाहरु सुरु गरेको र त्यो पुरा गर्नको लागि पनि एमालेको जित आश्यक रहेको उहाँले बताउनु भयो । २०७९ को निर्वाचनमा आम मतदाताहरुको माया साथ हुँदा हुँदै पनि केहि प्राविधक कारणले आफुले चुनाव हारेको हुँदा त्यस्ता कमिकम्जोरी हुन नदिने गरि लाग्न कार्यकताहरुलाई आग्रह गर्नु भयो ।

शिवाकोटीले आज आफनो गाउँपालिकामा आयोजित सभालाई सम्वोधन गर्दै पार्टी उम्मेदवर जिताउन आफु अभियानमा लागेको उदघोष गर्नुभएको हो ।