पार्वत गुरुङ जिताउन ११५१ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन

आगामी फागुन २१ गते हुन लागि रहेको प्रतिनिधी सभा निर्वाचनको लागि नेकपा एमाले दोलखाले ११ सय ५१ सदस्यीय जिल्ला स्तरिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

नेकपा एमाले दोलखाको माघ १४ गते चरिकोटमा सम्पन्न भएको १२ औँ जिल्ला कमिटी वैठकले जिल्लामा एमालेको तर्फबाट उम्मेदवार वन्नु भएका पार्वत गुरुङलाई विजयी गराउनका लागि ११ सय ५१ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचान कमिटी गठन गरेको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो । वैठकले निर्वाचन परिचालनको लागि अन्य विभन्न कमिटी समेत गठन गरेको छ । जिल्ला स्तरिय निर्वाचन परिचालन कमिटीको संयोजक पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठलाई तोकिएको छ । पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठको संयोजकत्वमा जिल्लाका सवै पालिकाहरुमा निर्वाचन परिचालन गरिने छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्य जिल्ला इन्चार्ज तथा निर्वाचनका उम्मेदवार पार्वत गुरुङको संयोजकत्वमा १ सय १ उच्च स्तरीय विशेष निर्वाचन परिचालन समन्वय संयन्त्रको समेत गठन गरेको छ । एमाले दोलखाको १२ औँ वैठकले जिल्ला कमिटी तथा पालिका कमिटी र वडा तहका नेताहरुलाई समेत विभिन्न जिम्मेवारी वाँडफाँड गरेको छ ।

पार्टीले निर्वाचन परिचालनको लागि यहि माघ १६ गते देखि २२ गते सम्म वडा कमिटीको वैठक र माघ २२ गते देखि फागुन ४ गते सम्म पालिका स्तरीय अगुवा कार्यकता भेटघाट गर्ने कार्यतालिका निर्माण गरेको छ ।

यहि फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि एमालेको पकड रहेको दोलखा जिल्लामा नागरिक माझ लोकप्रिय रहेका एमाले नेता पुर्व मन्त्री पार्वत गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । दोलखाली मतदाताहरुमाझ गुरुङ लोकप्रिय मानिन्छ ।

पार्टीका सवै नेता कार्यकताहरुलाई आगामी निर्वाचनलाई लक्षित गरी वडा केन्द्रीत कार्यक्रमहरुमा सहभागी हुन र मतदाताहरुको समस्याको पहिचान गरी सम्वोधनको लागि निर्वाचन केन्द्रीत कार्यक्रममा सहभागी हुन निर्वाचन परिचालन कमिटीका संयोजक नर बहादुर श्रेष्ठले निर्देशन दिनुभयो ।