पशु सेवा कार्यालय दोलखाद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

पशु सेवा कार्यालय दोलखाले यस आर्थिक वर्षमा कार्यालय मार्फत संचालन गरीने वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जिल्ला समन्वय समिती चरिकोटको हलमा आज सरोकारवाला निकायहरुको उपस्थितीमा वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । कार्यलयले गत आर्थिक वर्षमा संचालन गरेको कार्यक्रम समेत सार्वजनिक गरेको छ । पशु सेवा कार्यालय दोलखालाई यस वर्ष पुजीगत तर्फ ५७ लाख र चालुु तर्फ ४ करोड ५२ लाख ७५ हजार गरी ५ करोड ९ लाख ७५ हजार रकम प्राप्त भएको कार्यालय प्रमुख डा ज्ञान बहादुर जिरेलले बताउनुभयो ।

पशुु सेवा कार्यालय दोलखाले पशु स्वास्थ्य, पशु आहार, प्रविधी प्रसार, बजार व्यवस्थापन, पशु् नश्ल सुधार जस्ता प्रमुख कार्यहरु संचालन गर्दै आई रहेको छ । कार्यलयले पशुमा लाग्ने रोग नियन्त्रणका लागि जिल्लाको विभिन्न पालिकाहरुमा गरी पिपिआर रोग विरुद्धको खोप, लम्पी खोप तथा पशुहरुको निशुल्क उपचार गर्दै आई रहेको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्ष कार्यालयको नियमित कार्य संगै चौरी प्रर्वद्धन, वाख्रा प्रर्वद्धन, वंगुर प्रर्वद्धन तथा मत्यश्य प्रर्वद्धनका कार्यक्रमहरु संचालन गरीने जनाएको छ । कार्यालयको स्विकृत कार्यक्रम कार्यनितीको आधारमा प्रस्ताव आह्वान गरी छनोट गरी केहि प्रतिशत कार्यलयको र केहि प्रतिशत किसानको लागतमा किसानलाई उपलब्ध गराईने छ ।

कार्यालयका प्रमुख डा ज्ञान बहादुर जिरेलको अध्यक्षतामा भएको कार्याक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केशी, जिल्ला समन्वय समितीका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेत विभिन्न कार्यालयका प्रमुुख प्रतिनिधी तथा स्थानीय तहमा कार्यरत पशु्प्रविधीकहरुको सहभागीता रहेको थियो ।