
२०७८ बैशाख २८ को रात । समय १० बाट उकारो लाग्दै थियो । इन्द्रबहादुर राईको सर्वाधिक चर्चिक उपन्यास ‘आज रमिता छ’ पढ्दै थिए र त्यसका मुख्य पात्र ‘जनक’को राजनीतिक सादगीपनको बारेमा मनमनै वहस पनि गर्दै थिए ।
त्यतिनै बेला नेकपा एमालेका नेता पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाईरल भयो । उफ ! कस्तो अप्रिय संयोग । जनकको राजनीतिक सादगीपनबारे वहस गरिरहदा नेकपा एमालेका त्यस्तै सादगी नेता प्रिय दाजु पशुपति चौलागाईको निधनको अप्रत्यासी र अकल्पनिय खबर सुन्नु प¥यो । मलाई ‘आज रमिता छ’ उपन्यासको विषय वस्तु र जनकको राजनीतिक उतार चढाव तथा अवसानको कथाले जसरी रनथनाई रहेको थियो पशुपति दाइको निधनको खबरले त्यसलाई उत्कर्षमा पु¥याईदियो ।
‘आज रमिता छ’ का पात्र जनकले राजनीतिमा देखाएको त्याग, सर्मपण र सादगिपनले उनलाई व्यक्तिगत रुपमा कहिल्यै सुविधा दिएन । जनकको अवसान दुखद बन्यो । तर जनकले राष्ट्रिय एकता, भाषा, संस्कृति र संस्कारको संरक्षण जस्ता कुरामा कहिल्यै गलत सम्झौता गरेनन् । हो त्यस्तै पशुपति दाइले पनि ४० बर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय बनेर त्याग, सर्मपण र सादगिपनमात्र देखाउनु भयो । तर उहाँले राजनीतिलाई व्यक्तिगत लाभको लागि कहिल्यै सम्झौता गर्नु भएन । उहाँको अवसान पनि दुःखद र पीडादायी नै बन्न पुग्यो । त्यसैले २०७८ बैशाख २८ गतेको रात अप्रिय संयोग भयो ‘आज रमिता छ’ का मुख्य पात्र जनक र पशुपति दाइको सादगिपनको ।
कानुन व्यवसायी मित्र सुब्बा श्रेष्ठले २०७८ बैशाख २९ गते विहानै एउटा फोटो पठाएछन् पशुपति दाइ प्रमुख अतिथि भएको कार्यक्रममा म समेत सहभागि बनेको फोटो । २०५३ साल जेठ १ गते अनेरास्ववियुले सदरमुकाम चरिकोटको गौरीशङ्कर बहुमुखि क्याम्पसमा आयोजना गरेको कुनै कार्यक्रमको फोटो थियो त्यो । त्यतिबेला राजेन्द्र मानन्धर (हाल सञ्चार मन्त्रीका प्रेसविज्ञ) अनेरास्ववियु दोलखाको सचिव थिए र म प्रजातान्त्रिक राष्ट्रिय युवा संघ दोलखाको सचिव ।
राजनीतिक रुपमा म पशुपति दाइसंग २०५० साल देखि निकट छु । मलाई मेरो घरको नाम ‘मञ्जु’ भनेर बोलाउने थोरै मध्यको हुनुहुन्थ्यो पशुपति दाइ । २०४७ साल अघि म नेकपा माक्र्सवादीमा आवद्ध थिए । २०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा माले एकिकरण भएर नेकपा एमाले बनेको भएपनि म एमाले भै सकेको थिईन । २०५० सालमा नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेल (हाल नेकपा एमाले बागमति प्रदेश अध्यक्ष)ले म र राजेन्द्रलाई एमालेमा सङ्गठित हुने वातावरण बनाउनु भयो । त्यतिबेला नेकपा एमाले दोलखाको सचिव पशुपति चौलागाई हुनुहुन्थ्यो ।
२०५० सालमा म र राजेन्द्रले पशुपति दाइको हातबाट, उहाँले हस्ताक्षर गरेको नेकपा एमालेको संगठित सदस्यता प्राप्त ग¥यौ । र म युवासंघको सचिव भए राजेन्द्र अनेरास्ववियुको सचिव भए । त्यसपछि झण्डै २७ बर्ष हामीले पशुपति दाइसंग राजनीतिक रुपमा निकट रहेर काम ग¥यौ ।
पशुपति दाइ वास्तवमै राजनीतिक चरित्र भएको सादगी नेता हुनुहुन्थ्यो । २७ बर्षको राजनीतिक एवं पारिवारीक निकटतामा पनि उहाँले कहिल्यै आदेश र दवाव दिनु भएन । व्यक्तिगत रुपमा कसैलाई नजिक राख्ने या टाढा पठाउने काम गर्नु भएन । कार्यकर्ताको काम र चरित्रको लेखाजोखा गरेर सोहि अनुसारको व्यवहार गर्नुहुन्थ्यो पशुपति दाइ । तर कसैलाई पनि चिढ्याउने काम गर्नु भएन ।
कम्युनिष्ट पार्टीको एकता र मुलुकको समृद्धि उहाँको सपना थियो । पछिल्लो राजनीतिक खिचातानिमा उहाँ नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको निकट हुनुहुन्थ्यो तर उहाँले कहिल्यै पनि नेकपा एमालेको विभाजन चाहनु भएन । रामेछापका कमरेड देवशङ्कर पौडेलले एउटा भिडियो सेयर गर्नु भएको छ पशुपति दाइले नेकपा एमाले रामेछापको विस्तारीत बैठक तथा ७३ औ नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको । साहेद त्यो मन्तव्य उहाँको जीवनको अन्तिम थियो होला । उक्त कार्यक्रममा पनि पशुपति दाइले पार्टी एकताकै पक्षमा भनाई राख्नु भएको थियो । म यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल दुवै पक्षका नेता तथा कार्यकर्ता कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, नेकपा एमाले बनाउन पशुपति दाइको ठुलो त्याग र सर्मपण छ । पार्टी एकतालाई अक्षुण राख्दै पशुपति दाइप्रति सच्चा श्रद्धान्जली अर्पण गरौ ।
२०७७ चैत्र २३ गते पत्रकार महासंघको निर्वाचनको सन्र्दभमा मेरो पशुपति दाइसंग कुराकानि भएको थियो । पत्रकारको निर्वाचनलाई राजनीतिक नभै व्यवसायीक सहमतिको आधारमा सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । त्यसपछि उहाँलाई कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना हुनुभएपछि मैले कुरा गर्न चाहेको थिए । हेमन्त जी (पशुपति दाइको भाइ हेमन्त चौलागाई) ले ज्वरो अलिक बढी भएकोले कुराकानि गर्न सहज छैन तर आत्तिनु पर्ने अवस्था छैन भन्नु भयो । र मैले त्यस्तो बेला टेलिफोन गर्नु सान्र्दभिक ठानिन ।
पशुपति दाइ असल राजनीतिज्ञ हुनुहुन्थ्यो तर उहाँको निकटता मानव अधिकार, पत्रकार, सामाजिक अभियन्ता सबैसंग थियो । कुनै प्रशंगमा उहाँ भन्नु हुन्थ्यो – पञ्चायति कालमा मैले पनि प्रकाश, छलफल जस्ता साप्ताहिक पत्रिकाहरुमा रिर्पोटिङ गरेको छु, तर त्यो मेरो चाहनाले भन्दा पनि त्यतिबेलाको परिस्थितिको आवश्यकता थियो । सदरमुकाम चरिकोटमा रहेको मानव अधिकारवादी संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) को संस्थापक अध्यक्ष पनि पशुपति दाइनै हुनुहुन्थ्यो ।
पशुपति दाइले सांसद विकास कोषको रकमबाट नेपाल पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नु भएको छ । पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गर्नु भएको छ । मलाई सम्झना भएसम्म दोलखाका अर्का सादगी नेता भीमबहादुर तमाङको जिवनी समेटेर प्रकाशन गर्न लागिएको पुस्तकको लागि बरिष्ठ पत्रकार राजेन्द्र दहालसंग मिलेर धेरै काम गर्नु भएको थियो ।
पशुपति दाइसंग जहाँ जुनसुकै बेला भेट हुदा पनि उहाँले विखण्डन, विग्रह र विवादीत कुरा कहिल्यै गर्नु भएन । राजनीतिक कुरा गर्दा उहाँ सधै कम्युनिष्ट पार्टी बीच एकता र विपक्षिहरुसंग सहकार्य तथा सहमतिको राजनीतिक संस्कारको मात्र कुरा गर्नु हुन्थ्यो । अनि विकास र समृद्धिको लागि सामाजिक अभियन्ता र पत्रकारहरुको भुमिकाको कुरा गर्नु हुन्थ्यो । पशुपति दाइ विगत लामो समय देखि नसा सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो तर उहाँले राजनीतिबाट थकाई मार्न चाहनु भएन । राजनीतिक अभियानकै क्रममा पुर्व मेचि देखि पश्चिम महाकालिसम्मका सबै जिल्लामा पुग्नु भयो । राजनीतिमा त्याग, सर्मपण र एकताको सन्देश प्रवाह गर्नु भयो ।
पशुपति चौलागाई, राजनीतिक निष्ठा, त्याग, सादगीपन र अठोटका कारण पशुपति नाथ जस्तै सम्मानित र सबैको आस्थाको केन्द्र बन्नु भएको थियो । म सम्झन्छु मुलुकमा सहकारी अभियानलाई उँचाईमा पु¥याउन उहाँले निक्कै मेहेनत गर्नु भएको छ । नेकपा एमालेमा केशव बडाल र पशुपति चौलागाईलाई सहकारी अभियन्ताको रुपमा सबैले चिन्दछन् । त्यसैगरी राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको लागी होस या दोलखामा विस्तार भएको सडक, चरिकोट अस्पताल स्थापना, कोरोना परिक्षणको लागि चरिकोटमै पिसिआर प्रयोगशाला स्थापना अगायत जिल्लाको हरेक विकासे गतिविधिमा उहाँको सक्रियता, संलग्नता र सद्भाव सधै प्रसंशनिय तथा अनुकरणीय हुने गरेको थियो । आफ्नो जन्मथलो दोलखाको विकासमा मात्र हैन नेपालको हरेक जिल्लाको विकास अभियान र राजनीतिक सहभागितामा पनि उहाँको सहभागिता र सक्रियता उस्तै थियो । सामाजिक अभियान, कार्यकर्ताको व्यक्तिगत काम या राजनीतिक अभियान जस्ले जहाँसुकै जाउ भन्दा पनि हुन्न भन्ने उहाँको आदत थिएन । न कसैप्रति वैरभाव, न कसैलाई भेदभाव सबैसंग उत्तिकै हार्दिकता र सद्भाव ।
