पर्यटन प्रर्वद्धनका लागि गौरिशंकार गाउँपालिकाको लुवाङसा बुकुनी हुँदै कालोपोखरी पाँचपोखरी यात्रा

प्रभु जिरेल
चरिकोट, कार्तिक ५

हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा गौरिशंकर हिमालको काखमा अवस्थीत प्राकृतिक स्रोत र साधनले सम्पन्न गाउँपालिका हो गैरिशंकर गाउँपालिका । सरमुकाम चरिकोटबाट उत्तरी क्षेत्रमा अवस्थीत यो गाउँपालिका प्राकृतीक स्रोत र साधनहरुले सम्पन्न मानिन्छ । समुन्द्री सतह देखि ८९१ मिटर देखि ७१३४ मिटरको उचाई सम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसावले अत्यन्न राम्रो मानिन्छ । प्राकृतीक स्रोत र साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उदेश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना वनाएर काम गरि रहेको पाइन्छ । पर्यटकलाई आकर्षित गराउनका लागि गाउँपालिकाले गौरिशंकर संरक्षण क्षत्र संग सहकार्य गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको पाइन्छ ।


गौरिशंकर गाउँपालिकाले पर्यटनको प्रवृद्धन गराउने उदेश्ले राजनैतिक दलका प्रतिनिधी संचारकर्मी, प्राविधीक, तथा कर्मचारीहरुलाई पर्यटन सम्वन्धी संभाव्यता अध्यान तथा अवलोकण गराउनका लागि असोज २५ गते देखि एक लागि पालिकाको उच्च क्षेत्रको भ्रमण गराएको छ । अध्यान टोलिले गौरिशंकर गाउँपालिकाको वडा नम्वर ५ चंखुको लुवाङसा देखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जटटापोखरी सम्मको क्षेत्रको अवालोकण गरेको छ । उक्त क्षेत्रमा पुग्ने जो केहिको मन प्राकृतीक सौन्दर्यताले लोभ्याउने गरेको छ ।


चंखुको शेर्पा समुदायको होम स्टे« लुवाङसामा वौद्ध परम्परा अनुसार गुम्वाबाट लामाले यात्रा सफलताको शुभकामना सहित विदाई पश्चात सुरु भएको यात्रा डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दीङ सम्मको पहिलो दिनको यात्रा भएको थियो । यस क्षत्रमा यात्रा गर्दा चौरी गाई तथा हिमाली बोट विरुवाहरुको आकर्षण र सिरमा रहेको गौरिशंकर हिमालले यात्रीहरुलाई मनोरन्जन दिई रहेको पाइन्छ । हिमाली पन्छी तथा साँझको समयमा सुर्यको क्षितीजले सवैलाई आनन्दीत तुल्याएको पाइन्छ ।


पेम्दीङमा बास वसेर विहान सवेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँहरुलाई विहानको घामको किरण संगै नियाल्न सकिन्छ । धुपीनि डाँडामा विहानको खाना खाएर पुन यात्रा गर्न सकिन्छ । करिव २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४२७४ मिटरको उचाइमा रहेको वुकिनी पुग्न सकिन्छ ।

बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । वुकिनी खर्कमा मार्वुका चौरि किसानहरुले चौरी पाल्ने गराको पाइन्छ । असोज अन्तीम र चिसो समय भएका कारण चिसोले गर्दा हामी त्यस क्षत्रमा पुग्दा चौरी तल तल झारी सकेकोे कारण उक्त क्षत्रमा चौरी भेटन सकेनौ । बुकीनी क्षेत्रको मनोरम दुष्यलाई क्यामेरामा कैद गर्दै मानेडाँडा पार गरी केहि तल यालेखर्क उपत्यकामा पुगरे वास वस्न सकिन्छ । त्यस क्षत्रेमा पाइने हिमाली जडिवुटी, फुल, तथा हिउँले खिएर वनेका काला पत्थरलाई नियाल्दै हामी ५ बजेको समयमा वासको लागि तल्लो यालेखर्क पुगियो ।


याले खर्कमा हिउँ पग्लेर आएको कन्चन खोलाहरुका पानीहरुले तिर्खाएको मन सित्तल पार्दै १ घण्टाको यात्रा पछि खिम्ती सिर पुग्न सकिन्छ । उक्त क्षेत्रहरुमा भेडागोठ राख्ने गरेको पाइन्छ । खिम्ती सिर सम्म गौरिशंकर गाउँपालिका चंखु मार्वु र जिरी नगरपालिको श्यामाका किसानहरुले चौरि तथा भेडा पाल्ने गरेको पाइन्छ । यात्राको थकानलाई भुलाउने खिम्ती खोलाको शितल हावाहरु संगै बाटो केही उप्ठारा भएता पनी करिव डेढ घण्टाको यात्रा पछि खिम्ती सिरको डाँडा काटन सकिन्छ । उक्त क्षत्रबाट विभिन्न ठाउँको अवलोकण गर्दै १ घण्टामा ४४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।


कालोपोखरी÷भुतपोखरी
समन्द्री सतह देखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षत्रमा रहेको यो हिम पोखरीको छुटै विशेषता हरको पाइन्छ । यो पोखरीमा दर्शन गर्दा मनोकाङक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाडैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । नजिक जाँन डरलाग्दो र अप्ठारो भएको कारण दर्शन गर्नका लागि माथि डाँडामानै मन्दिरको रुपमा पुजा गर्ने गरिन्छ । पोखरी वरिपरी हल्ला गर्नु नहुने र हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने विशेषता रहेको स्थायिन टिका बहादुर गुरुङले बताउनु भयो । ४४७३ मिटरको उचाइमा रहेको यो पोखरी करिव ५ मिनेट हामी पुग्ने समयमा अत्यन्त आकर्षक बनेर खुलि रहेको थियो । जव हाम्रो साथीहरुको सहभातिा चहलपहल र होहल्ला वढन थाले त्यस पछि अन्य क्षत्रमा बादन नभए पनि पोखरी आसपासमा पोखरी नै नदेखिने गरी कालो बादलले ढाक्न थाल्यो । बादल खुल्छ र पोखरीको तस्विर कैद गरिने आसमा करिव १ घण्टा विताउदा समेत नखृले पछि निरास हृँदै हाम्रो यात्रा अगाडि वढयो ।


कालपोखरीबाट करिव १ घण्टाको यात्रा पछि ४६१५ मिटरको उचाईमा रहेको देउराली डाँडा पुग्न सकिन्छ । हिउँ परि रहेको र चिसोको समय भएका कारण अत्यन्त चिसो हुने यो देउराली डाँडाबाट उच्च हिमाली क्षेत्रको विभिन्न ठाँउहरुको अवलोकण गर्न सकिन्छ । उक्त डाँडामा पुगे पछि सवै थकान भुल्ने आनन्द पाउन सकिन्छ । उक्त क्षेत्रबाट आएको खोलालाई साँक्षी साख्दै खोलाको किनार नै किनार पाँच पोखरीलाई समेत पछि पार्दे जटटापोखरी पुगरे तेस्रो दिनको दिन बास वस्न सकिन्छ ।


विहार्नै नुहाई धुवाई गरी धार्मिक आस्थाको केन्द्र जटटापोखरी को दर्शन गरे पश्चात डेढ घण्टाको यात्रा पछि ४५१४ मिटरको उचाइमा रहेको पाँच पोखरी को दर्शन गर्न सकिन्छ । जटटापोखरी र पाँचपोखरीमा जनैपुर्निमाको वेला मेला समेत लाग्ने गर्दछ । जटटापोखरी पाँचपोखरीमा जनैपुणीमाको वेला देशका विभिन्न ठाउँबाट दर्शन गर्न पुग्ने गरेको पाइन्छ ।

दोलखा र रामेछापको सिमानामा पर्ने यस क्षत्र अत्यन्त रमणीय रहेको र धामिक मान्यता अनुसार मनोकाङक्षा पुरा हुने विश्वास रहेको यस क्षेत्रमा गौरिशंकर गाउँपालिका हुँदै आउने पर्यटकहरुले उच्च हिमाली क्षत्रको अवलोकण गर्न सकिने र पर्यटन रुट समेत सहज रहेकोले यो बाटो राम्रो रहेको गौरिशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले बताउनु भयो । यस पोखरीहरुमा दर्शन गर्नले आँटेको कुरा पुरा हुने धार्मिक मान्यता रहेको छ ।
जटटापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट सजै गोरिशंकर गाउँपालिका चँखुको लुवाङसमा पुग्न सकिन्छ ।