पर्यटकीय जिल्ला दोलखाकै पहिलो दुई तारे होटल “एम्व्रोसिया” आजबाट संचालनमा (तस्विरहरु)

दर्पण संवाददाता
चरीकोट, साउन : पछिल्लो समय आन्तरीक तथा वाह्य पर्यटकहरुको पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको दोलखा जिल्लाको चरिकोटमा पहिलो पटक तारे होटल संचालनमा आएको छ ।

पर्यटकहरुलाई लक्षित गरी चरिकोटमा दुई तारे होटल एम्व्रोसिया आजबाट संचालनमा आएको हो । होटल एम्व्रोसियाको आज एक कार्यक्रमका विच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्याक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गर्नु भएको हो । दोलखाका सफल व्यवसायी दिनेश वस्नेतलले करिव १३ करोडको लागतमा दुई तारे होटल संचालनमा ल्याउनुभएको हो ।

होटल एम्व्रोसियामा एकैपटकमा करिव एक सय जनालाई धान्न सकिने गरि ३५ ओटा कोठाहरु रहेको छ भने ५ सय जना क्षमताको व्यनक्वइट रहेको छ । एकै पटकमा करिव एक सय जना सम्मलाई डिनर तथा लन्च गराउन सकिने गरी रेष्टुरेन्न्ट बार तथा करिव दुई सय जना सम्म धान्न सकिने गरि रुफटपको व्यवस्था समेत रहेको छ । दोलखा चरिकोटमा रहेको होटल एम्व्रोसियाबाट चरिकोट तथा दोलखाको विभन्न क्षत्रहरुको अवलोकण गर्न सकिने व्यवस्था रहेको छ । करिव तिस पैतिस वटा सम्मको चार पाङग्रे सवारी साधनको पाकिङ तथा लिफटको व्यवस्था रहेको छ । पर्यटकीय जिल्ला दोलखामा संचालनमा आएको यो पहिलो स्टार लेवलको होटल हो ।

पछिल्लो समय दोलखा जिल्ला पर्यटकहरुको आकर्षक केन्द्र वन्दै गएको र विभिन्न पर्यटकहरुको आगमन हुने र जिल्लामा स्टार लेवलको होटलको अभाव रहेकाले दोलखाको टुरीजमलाई लक्षित गरि करिव १३ करोडको लागतमा होटल संचालन गरेको संचालक दिनेश वस्नेतले बताउनु भयो । रुमहरु पाँच तारे होटलको सरह भएको र सामान्य देखि भिआइपि गेष्टहरु सम्मलाई सहज हुने भएको छ । आजबाट संचालनमा आएको होटलले जिल्लाको पर्यटन क्षत्रमा ठुलो सहयोग पुग्ने विश्वास रहेको संचालक वस्नेतले बताउनु भयो । (तस्विर : प्रभु जिरेल )