दर्पण संवाददाता
चरिकोट २५ माघ
दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागी आएका भक्तजन तथा पर्यटकहरुलाई मध्येनजर गरी तारा दल गणले स्वास्थ्य शिविर संचालन गरेको छ ।
कालिन्चोकको कुरी ईलाकामा श्री तारादल गणको पहल तथा चरिकोट अस्पतालसँगको सहकार्यमा आज पर्यटकहरुलाइ लक्षित गर्दै Medical Health Desk संचालन भएको थियो। तारादल गणबाट अधिकृतको कमाण्डमा खट्टिएको टोलिले कुरी ईलाकामा Medical Health Desk संचालन गरि High Altitude Acquit Mountain Sickness लागेका ६० जना बिरामीहरुलाई नि-शुल्क स्वास्थ्य सेवा उपलब्ध गराईएको छ । दोलखाको उच्च क्षेत्रमा केहि दिन देखीको मौसम परिवर्तन संगै परेको हिमपात र त्यस पर्यटकिय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखी Health Desk संचालन गरिएको तरा दल गणले जनाएको छ । कालिन्चोक क्षेत्रमा शुक्रबार देखि व्यापक हिमपात भएको छ । हिमपात भए संगै काठमाडौं तथा तराईका विभिन्न जिल्लाहरु बाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिन्चोक पुग्ने गर्दाछन । ३८४२ मिटरको उच्च ठाँउमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाइ समस्या हुने भएको हुदा पर्यटकलाई सहज गराउने उदेश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले बताउनु भयो ।