पर्यटकलाई आकर्षित गराउँदै दोलखाको सरस्वती पार्क (फोटोफिचर)

तस्विर /लेखन  प्रभु जिरेल

भिमेश्वर नगरपालिका भित्रको विभिन्न पर्यटकीय गन्तव्यहरु मध्ये एक पर्यटकीय गन्तव्यको रुपमका विकास हुँदै गई रहेको छ सरस्वती पार्क ।

दोलखा जिल्लाकै एैतिहाँसीक शहर दोलखा बजार नजिकै रहेको यो सरस्वती पार्कमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्याटकहरुको रोजाईमा पर्न थालेको छ ।

दोलखा सदरमुकाम चरिकोटबाट ४ किलोमिटरको सडग यातयातमार्फत सहज तरिकाले प्राचिण शहर दोलखा बजार पुग्न सकिन्छ । दोलखा बजार को माथिल्लो भेग जंगल भित्र निर्माण गरिएको यो सरस्वती पार्क सहज तरिकाले पुग्न सकिन्छ । भिमेश्वर नगरपालिकामा आन्तरकि तथा वाह्य पार्यटकहरुको आगमन गराउने उदेश्यले भिमेश्वर नगरपालिकाले यो पार्क निर्माण गरेको हो ।

 

यो पार्क चरिकोट र दोलखा बजारको नजिकै रहेको हुँदा प्राय समय विताउन तथा अध्यन अवालोकनका लागि पुग्ने गरेका छन् । जंगलको विचमा चारै तिर हरियाली देखिने यो पार्कमा पुग्ने जो कोहिको पनी मन लोभिने गरेको छ ।