परिक्षणका लागि दोलखाबाट टेकु पठाइएका पाँचै जनामा कोरोना नभएको पुष्टी

चरिकोट, चैत्र १३
कोरोना भाइसरको आशंकामा दोलखाबाट परिक्षणका लागि पठाइएको पाँचै जनालाई कारोना भाइरस नभएको पुष्टी भएको छ ।

स्वाथ्य परिक्षणका क्रममा शंकासपद देखिएका पाँच जनाको स्वाव परिक्षणका लागि टेकु पठाइएकोमा सवैको रिपोर्ट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताउनु भयो । स्वास्थ्य जाँचका लागि चरिकोट आएका विरामीहरु मध्ये कोरोना भाइसरको लक्षणको आशंकामा पाँच जनाको स्वाव परिक्षणको लागि टेकु पठाइएको थियो ।