दर्पण संवाददाता
चरिकोट साउन २५
नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि डिएसपी मोहन बहादुर क्षेत्रीले नगद सहयोग गर्नु भएको छ ।
सशस्त्र प्रहरी बल दोलखामा कार्यरत क्षेत्रीले पत्रकारको भवन निर्माणका लागि नगद ५ हजार रकम सहयोग गर्नु भएको हो । दोलखामा १ वर्षको कार्याकाल सफलता पुर्वक पूरा गरि किर्तिपुर सरुवा भइ जानलाग्नु भएका क्षेत्रीले आज नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामालाइ सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । 
सुचना केन्द्र सहित चरिकोटको लामाचौरमा निर्माण भइ रहेको पत्रकार महासंघको सुबिधासम्पन्न भवन निर्माणका लाई आफ्नो क्षेत्रबाट पनि केही सहयोग होस भन्ने उदेश्यले रकम सहयोग गरेको डिएसपी क्षेत्रीले बताउनु भयो । डिएसपी क्षेत्री दोलखाको १ वर्षको कार्याकाल सफलता पुर्वक सम्पन गरि कृतिपुर जाँदै हुनु हुन्छ । भवन निर्माणका लागि प्रहरी प्रशासनको क्षेत्रमा रहि महासंघलाइ माया गरि सहयोग गर्नु भएकोमा पत्रकार महासंघका अध्यक्ष जीवन लामाले धन्यवाद व्यक्त गर्नु भयो ।