पत्रकार महासंघको भवन निर्माणलाई अल्पाईन स्कुलकोे सहयोग

दर्पण संवाददाता
चरिकोट, कार्तिक ३०

अल्पाईन पव्लिक स्कुलले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माण गर्नका लागि आर्थिक सहयोग गरेको छ ।

स्कुलले आयोजना गरेको अल्पाईन फिस्टा २०७६ को अवसरमा महासंघलाई बीस हजारको चेक अल्पाईन पब्लिक स्कुलका प्रिन्सीपल उद्धव थापाले महासंघका अध्यक्ष जीवन लामालाई प्रदान गर्नुभएको हो । जिल्लाकै नमूना र सूचनामैत्री भवन निर्माणको लागि स्कुलहरुबाट यो पहिलो आर्थिक सहयोग हो । सबैको साझा संस्था र राज्यको चौथो अंग पत्रकार जगत भएको हुनाले भवन निर्माणलाई सहयोग गरेको प्रिन्सीपल थापाले बताउनुभयो ।

पत्रकार महासंघको एकतले भवन निर्माण कार्य सम्पन्न भएको छ । अब छिट्टै फिन्सिङ गरेर कार्यालय सर्ने तयारीमा रहेको छ ।