नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखामा इश्वरी प्रसाद दहालको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा आज भएको शाखाको ४१ औं जिल्ला सभा तथा १३ औ अधिवेशनबाट इश्वरी प्रसाद दाहालको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको उप–सभापतीमा बाबुकाजी बस्नेत, महिला उप–सभापतीमा रिता रिमाल (सिर्जना), मन्त्रीमा भरत नारायण प्रधान, कोषाध्यक्षमा भिम बहादुर केसी, उप–मन्त्री ताम प्रसाद आपागाई, उप–कोषाध्यक्षमा खड्क ध्वज खत्री चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राधा देवि मास्के, छलिमायाँ थामी, कल्पना केसी, रविचन्द्र आचार्य, कुमार वस्नते, जगन्नथ वस्नेत, बावुलाल लामा, कुमार तामाङ, कुसुम लामा, नवराज पाठक चयन हुनुभएको निर्वाचन समितीले जनाएको छ ।


जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा भएको सभामा मन्त्री सृजना सुवेदिले संस्थाको प्रगति विवरण र आगामी वर्षकोे प्रस्तावित कार्यक्रमको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष राधादेवि मास्केले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै ३७ लाख ३९ हजार २ सय ६४ रुपैया वरावरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाको अवसरमा दोलखा जिल्लामा विभिन्न समयममा रक्तदानको आयोजना गरी मानवीय सेवामा महत्वपुर्ण योगदान पु¥याउने ४२ वटा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका निर्वतमान सभापति गोकर्ण पोखरेलको अध्यक्षतामा भएको सभामा नेपाल रेडक्रस सोसाइटी वाग्मति प्रदेशका अध्यक्ष भोला नाच रुपाखेति, प्रदेशका महासचिव रामजी पौडेल, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शेखर पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नुभयको थियो ।\
