दर्पण संवाददाता
चरिकोट
नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सहकोषाध्यक्षमा होम पाठक मनोनीत भएका छ्न ।
पाठकलाई मन्त्री परिषदको बैठकले सहकोषाध्यक्षमा मनोनित गरेको हो । लामो समय देखि दोलखामा मानव अधिकारको क्षेत्रमा सकृय भएका पाठकलाई रेडक्रस सोसाइटी केन्द्रिय समितिको सह कोषाध्यक्षमा मनोनित गरेको हो । पाठक हुराडेक नेपालको अध्यक्ष हुँदै लामो समय मानव अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।
सरकारले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको थियो । मन्त्रिपरिषद्को बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
१६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।