नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर समितीले भिमेश्वर नगरपालिमा बुझायो ज्ञापन पत्र

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले भीमेश्वर नगरपालिका दोलखामा ज्ञापन पत्र बुझाएको छ ।

स्थानिय तहले आफ्नो मनोमानी तरिकाले नीति नियम निमार्ण गर्ने नाममा कयौँ शिक्षक कर्मचारीहरु अन्यायमा परेका भन्दै विभिन्न माग राख्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

संगठनले स्थानीय र राष्ट्रिय मागहरु सहित भिमेश्वर नगर समितीका उपाध्यक्ष पदमराज शिवाकोटीद्धारा हस्ताक्षरित ज्ञापन पत्र भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशेकसन ढकाललाई शिक्षकहरुको उपस्थितीमा माग सहित ज्ञापनपत्र बुझाएका हुन ।

शिक्षामा स्थानीय तहको लगानी अत्यन्त न्युन भएकाले लगानी वृद्धि गरिनु पर्ने । शिक्षक विधार्थी अभिभावक प्रोत्साहन कुनैपनि कार्यक्रम नभएको हुँदा त्यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने, बढुवा प्रकृया पारर्दशी र न्यायोचिन भएको हुँदा विशेष अध्यान दिनुपर्ने, दिवा खाजा को रकम अत्यन्त न्युन भएको हुँदा समय सान्र्दभिक बनाउनु पर्ने, शैक्षिक गुणस्तर वृद्धिका कार्यक्रम योजनाबद्ध तरिकाले ल्याउनुपर्ने, शैक्षिक नीति नियम र योजना निर्माणमा शिक्षकका पेशागत संगठनहरुलाई समावेश गरीनुपर्ने जस्ता स्थानीय मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सङ्घीय शिक्षा ऐन यथासिध्र जारी गरिनुपर्ने, शिक्षक अस्पतालको प्रबन्ध मिलाउनुपर्ने, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानिको सुनिश्चिता गरिनुपर्ने जस्ता मागहरु संगठनले राखेको छ । माध्यमिक तहसम्माको शिक्षा पुर्ण निशुल्कको घोषणा कार्यन्वयन गरिदै राजनितिक अधिकार समेतको ट्रेड युनियन अधिकार सुनिश्चित गरिनुपर्ने जस्ता राष्ट्रिय माग हरु राखेको छ ।

उल्लेखित मागहरुका उचित सम्बोधन नभएमा थप कदमहरु चाल्न नेपाल राष्ट्रिय शिक्षक सङगठन बाध्य हुने बेहोरा समेत शिक्षक संगठनले जनाएको छ ।