
चरिकोट, नेपाल वार एसोसियन दोलखाको नवनिर्मित भवन आज उदघाटन भएको छ । निर्माण सम्पन्न भएको वार एसोसियसनको भवन आज कार्यक्रमका विच कामु प्रधानन्याधिश हरिकृष्ण श्रेष्ठले उदघाटन गनुभएको हो । बार एसोसियनको भवन उदघाटनका लागि दोलखा आउनुभएका कामु प्रधानन्याधिस हरिकृष्ण कार्कीले कानुन स्वतन्त्रताको पक्षमा र विकृति विसंगति विहिनको पक्षमा भएको बताउनुहुँदै कानुन सधै निष्पक्ष र जवाफदेही हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै बाग्मति प्रदेशका सांसद तथा नेपाल वार एसोसियसन दोलखाका पुर्व अध्यक्ष भरत बहादुर केसीले दोलखामा धेरै विकृती र विसंगती बढदै गएकोले पिडितहरुले न्याय पाउनुपर्ने र आगामी दिनमा न्याय प्रणालिलाई सुद्धिढ बनाउदै लैजानुपर्ने बताउनुभयो । भवन उदघाटन समारोहको अवसरमा भरत केसी, प्रोणप्रताप केसी र ३ जना बरिष्ठ अधिवक्ता गरी ५ जनालाई सम्मान गरेको छ । भुकम्पले भत्काएको भवन करिब ६१ लाखको लागतमा ५ कोठाको भवन निर्माण कार्य सम्पन्न भएको बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण वस्नेतले बताउनुभयो । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको छ ।
नेपाल वार एसोसियन दोलखाका अध्यक्ष कृष्ण वहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महान्याधिवक्ता डा दिनमणी पोखरेल, नेपाल वार एसोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे, पुर्व महान्याधिवक्ता मुक्ती प्रधान, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

